रेलमार्गमा सरकारको यस्तो छ तयारी, १० वर्षमा कति किलोमिटर मार्ग बन्ला ?

काठमाडौं । सरकारले आगामी एक दसकमा झन्डै तीन हजार किलोमिटर रेलमार्ग निर्माण गरी देशका प्रमुख सहरलाई जोड्ने योजना अगाडि सारेको छ । राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिकोे बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले रेलको भावी योजनाबारे विस्तृतमा जानकारी दिए ।

मन्त्री महासेठका अनुसार सरकारले १० वर्षभित्र दुई हजार आठ सय किलोमिटर रेलमार्गद्वारा देशको प्रमुख सहरी भूभाग विद्युतीय रेल सेवाले जोड्ने लक्ष्य लिएको छ । उनले पूर्वपश्चिम रेलमार्गको ९४५ किलोमिटर डीपीआर तयार भइसकेको जानकारी दिए । त्यसै क्रममा बर्दिवास–निजगढको दुई सय किलोमिटरमध्ये ३५ किलोमिटरभन्दा बढीको ट्रयाक खोलिसकिएको र पुलहरूसमेत बनिसकेको जानकारी गराए । समितिमा सांसदले उठाएका प्रश्नको जवाफमा मन्त्री महासेठले सो जानकारी दिए ।

यसैगरी मन्त्री महासेठले नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि आवश्यक सबै प्रक्रिया सकिएको र निर्माण कम्पनीसँग सम्झौता गर्न मात्र बाँकी रहेको बताए । उनले सो आयोजना जापान सरकारको ऋण सहयोगमा बन्न लागेको र निर्माणको जिम्मा पनि जापानी निर्माण व्यवसायीलाई दिइने जानकारी दिए । उनले भने, ‘यसको अन्तिम टुङ्गो लगाउन भने बाँकी नै छ ।’ आजको गोरखापत्र दैनिकमा समाचार छ ।

You might also like

Comments are closed.