रेवान पोखराले होली महोत्सव गर्ने

पोखरा, ३ चैत
रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) पोखराले फागु पुर्णिमाको अवसरमा चैत्र ६ गते होली महोत्सव २०७५ गर्न भएको छ । विविध मनोरञ्जनात्मक क्रियाकलाप सहित होली महोत्सव गर्ने सम्बन्धमा आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।  विगत १३ वर्ष देखी पोखरामा आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ होली महोत्सव आयोजना गर्दै आइरहेको संस्थाले यस वर्ष पनि सोही उद्देश्यले होली महोत्सव आयोजना गरेको कार्यक्रमका संयोजक लक्ष्मण वरालले जानकारी दिए ।

सामुहिक रुपमा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई सहभागि गराई नेपालको संस्कृति र पर्वको बारे जानकारी गराउँदै पर्यटन प्रवद्र्धनमा थप सहयोग पु¥याउनुका साथै एक आपसमा मित्रता र सद्भाव साटासाट गर्ने उद्देश्यले अम्मट देखी खहरेचोक लेकसाइड सम्म विहान ११ वजे वाट रंगैरंगको पर्व होली महोत्सव २०७५ विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित भव्य रुपमा मनाउन वरालले जानकारी दिए ।

होली महोत्सवलाई व्यवस्थित वनाउन सुरक्षा निकाय, जनप्रतिनिधी र स्थानिय सँग छलफल भइरहेको आयोजकले जानकारी दिएको छ । होली पर्वको दिन चैत्र ६ गते विहान ११ वजे अम्मट चौतारामा सवै जम्मा भै आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सहभागी गराई सामुहिक रुपमा होली खेल्ने र पञ्चे वाजा, संगितका साथमा होली खेल्दै गौरीघाट, वाराहीचोक हल्लनचोक हुदै खहरेचोक सम्म खेल्ने गरी तयारी गरिरहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

You might also like

Comments are closed.