वसन्त गौतम
कार्यसमिति सदस्य, रेवान पोखरा
पोखरा सडक महोत्सवमा राखिएका सम्पूर्ण खाना तथा खाजाका स्टलहरुमा पूर्ण गुणस्तरिय र हाइजेनिकको ज्ञारेन्टी हुन्छ । यहाँका हरेक खाना र खाजाका स्टलमा राखिएका खानेकुराहरु रेष्टुरेण्टमा खाएजत्तिकै गुणस्तरीय हुन्छन् । गुणस्तरमा हामीले कुनै कम्प्रमाइज गरेका छैनौं र नगर्न कडा निर्देशन दिएका छौं । प्रायः सबै खाना र खाजाका स्टलहरु लेकसाइडमै रहेका रेपुटेड रेष्टुरेण्टहरुकै छन् । उनीहरुले रेष्टुरेण्टमा दिने र बाहिर सडक तथा कोमागाने पार्कमा भएका स्टलहरुमा दिने गुणस्तर एउटै हुन्छ । दुवैमा एउटै स्ट्याण्डर्डको गुणस्तर हुनेमा ढुक्क भएर सडकमा राखिएका स्टलमा खाना तथा खाजा खान हामी दर्शकहरुलाई आग्रह गर्छौं । सडक महोत्सवमा रेवानका सदस्यहरुले मात्र खानाका स्टलहरु राख्छन् । पहिले पहिले रेष्टुरेण्ट सञ्चालन नगरेकाहरुले पनि स्टल लिएर फुडहरु पस्कने गर्थे । तर यसपटक त्यसरी जोकोहिलाई स्टल उपलब्ध गराइएको छैन । स्ट्याण्डर्ड मेन्टेन गर्नेहरु तथा रेवानका सदस्यलाई मात्र स्टल उपलब्ध गराइएको छ । यदि कहिंकतै गुणस्तरहिन् खानेकुरा बेचेको थाहा पाए कार्वाही हुन्छ । दर्शकलेपनि त्यस्तो कुरा थाहा पाएको खण्डमा महोत्सव स्थलमै सचिवालय छ त्यहाँ कम्प्लेन गर्न आग्रह गर्छु र त्यस्तोलाई तत्कालै सुधार्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।

सडकमै पोखराका नाम चलेका होटल तथा रेष्टुरेण्टहरुको स्टलहरु छन् । जस्तै फिस्टेल लज, टेम्पल ट्रि, माउण्ट कैलाश, बुमराङलगायतका चर्चित होटल तथा रेष्टुरेण्टहरुले सडकमै स्टल राखेर सेवा दिनेछन् । उनीहरुले होटल तथा रेष्टुरेण्टबाट दिने सेवा र सडकमा स्टल राखेर दिने सेवामा कुनै भिन्नता हुँदैन । होटल रेष्टुरेण्टमा र स्टलमा भएका खानेकुराको गुणस्तर र हाइजिन एउटै हुन्छ । त्यसैले गुणस्तरमा शंका नगरी सडकमै बसेर रमाउनका लागि म आग्रह गर्दछु । अफ सिजनलाई सिजनमा परिणत गर्न सडक महोत्सव सफल भएको छ । यो मेहनतको फल हो । यसको फाइदा रेष्टुरेण्ट व्यवसायी मात्र नभई होटल, ट्रेकिङ, ट्राभल, हवाई खेलकुद, होमस्टेदेखी किसानसम्मले लिएका छन् । महोत्सवकै कारण अहिले होटलको अकुपेन्सी शत प्रतिशत पुगेको छ । लेकसाइड मात्र होइन बेगनास, रुपा, पृथ्वीचोक, महेन्द्रपुल, न्यूरोड, छोरेपाटन, पुम्दीभुम्दी, सराङकोटलगायतले पनि यसको फाइदा पाइरहेको छ । होटलहरुले यो बेला मौका छोपेर नाजायज फाइदा लिनुहुँदैन । यदाकदा सुनिन्छ कि न्यू इयर इभको दिन एक हजार पर्ने कोठालाई ४ हजार ५ हजारसम्म लिएको भनेर । सायद त्यस्तो भएको छैन, छ भने त्यो तत्काल सच्याउनुपर्छ । यसले पर्यटनमा दुरगामी असर पुग्न सक्छ । तोकिएको भन्दा बढी रुम चार्ज लिनु नाजायज हो यसको हामी कडा निगरानी गरेर त्यस्तो गरेको पाइए कडा कार्वाही गर्छौं ।
Comments are closed.