रोटरीद्वारा पक्षघात सेवा केन्द्रमा टेलिभिजन सहयोग

पोखरा, २० पुस ।

रोटरी क्लब अफ लेखनाथले पोखरा महानगरपालिका–३० स्थित सुनौलो विहानी मस्तिष्क पक्षघात दिवा सेवा केन्द्रमा शुक्रबार एक कार्यक्रमकाबीच एक थान टेलिभिजन प्रदान गरेको छ ।

क्लबका अध्यक्ष बिश्वमणी भण्डारीले केन्द्रका अध्यक्ष मिलन के.सि.लाई रु. २० हजार मूल्य बराबरको टेलिभिजन हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा भण्डारीले आगामी दिनमा पनि सहयोग कायम राख्ने प्रतिबद्धता जनाए ।

केन्द्रका अध्यक्ष केसीले दिवा सेवा केन्द्र किन र कसरी स्थापना भयो भन्ने बिषयमा प्रकाश पार्दै क्लबले प्रदान गरेको सहयोगले संस्थामा आवद्ध दिवा सेवा केन्द्रका साना नानी बावुहरुको लागी उपयोगी हुने बिश्वास व्यक्त गरे ।

दुई बर्ष देखि सञ्चालनमा रहेको सो केन्द्रमा हाल ८ जना मस्तिष्क पक्षघात भएका बालबालिकाहरुको हेरचाह गरिदै आएको केसीले जानकारी दिए ।

You might also like

Comments are closed.