तनहुँ ४,मंसिर
रोटरी क्लब अफ दमौलीले मंसिर ९ गते आइतबार आबुँखैरेनी –६ हिलेखर्कमा निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । आबुखैरेनी गाउँपालिकाको सहआयोजना, डाबर नेपालको विशेष सहयोग र मणिपाल शिक्षण अस्पताल पोखराको प्रविधिक सहयोगमा हिलेखर्कमा उक्त स्वास्थ्य शिविर आयोजना गरिएको रोटरी क्लबका अध्यक्ष सन्तोष कुमार श्रेष्ठ जानकारी दिए । रोटरी क्लबले विभिन्न समयमा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका गाँउमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको श्रेष्ठले बताए । “हामीले भिरकोट, बैदी लगायतका ठाँउमा स्वास्थ्य शिविर सम्पन्न गरी सकेका छौँ श्रेष्ठले भने”।
शिविरमा नाक, कान, घाटी तथा थाइराइड विशेषज्ञबाट उपचार तथा परामर्श, स्त्री तथा प्रसुती रोग विशेषज्ञबाट चेकजाँच, बालरोग विशेषज्ञबाट सम्बन्धि रोगको उपचार , त्यसैगरि सामान्य चिकित्सकबाट पेट, छाती तथा मुटु रोगको निशुल्क औषधी वितरण, स्वास्थ्य सम्बन्धी सल्लाह र परामर्श लगायतका सेवा प्रदान गर्ने कार्यक्रम संयोजक दामोदर भण्डारीले जानकारी दिए । उक्त शिविरमा रोट्रयाक्ट क्लब अफ दमौली र इनरह्विल क्लब अफ दमौलीले स्वयंसेवकको रुपमा सहयोग गर्ने छन ।
Comments are closed.