रोटरी कन्फ्रेन्सको तयारी पूरा

पोखरा । पोखरामा शुक्रबारदेखि शुरु हुने रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १२ औं डिष्ट्रिक्ट कन्फ्रेन्सको तयारी पूरा भएको छ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा माघ २६ गतेसम्म हुने रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १२ औं डिष्ट्रिक्ट कन्फ्रेन्सको तयारी पूरा भएको आयोजक रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ ले जनाएको हो ।

कन्फ्रेन्सको रोटरी इन्टरनेसनलका नोमिनी प्रेसिडेन्ट शेखर मेहताले उद्घाटन गर्ने कार्यक्रम तय भएको रोटरी इन्टरनेसनलडिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार कन्फ्रेन्समा रोटरी इन्टरनेसनलका प्रतिनिधि एन् विसेट एस्वोल, नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, पर्यटन मन्त्री योगेश भट्टराई, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलगायतले सम्बोधन गर्नेछन् ।

कन्फ्रेन्सको तयारी पूरा भएको आयोजकले जनाएको छ । रोटरी कन्फ्रेन्सका कार्यक्रम संयोजक गोपाल धोजुले कन्फ्रेन्सको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । कार्यक्रम स्थलमा कन्फिरेन्स हल, स्टेज निर्माणदेखि अतिथि र रोटरीयन सबैलाई न्यानो आतिथ्यताको तयारी गरिएको उनले बताए । हामीले सम्पूर्ण तयारी पूरा गरेका छौं,‘अब आएका पाहुनालाई स्वागत गर्ने र शुक्रबार उद्घाटन गर्नमात्र बाँकी छ ।’

कन्फ्रेन्समा करीब २५ सय रोटरीयनहरु सहभागि हुने आयोजकले जनाएको छ । नेपालमा १२४ रोटरी क्लव तथा भुटानमा रहेको एउटा रोटरी क्लवका सदस्यहरु कन्फ्रेन्समा सहभागि हुन आउने सचिव डिल्लीप्रसाद शर्माले बताए । कन्फ्रेन्सका प्रमुख अतिथि रोटरी इन्टरनेसनलका नोमिनी प्रेसिडेन्ट शेखर मेहता शुक्रबार काठमाडौंहुँदै पोखरा आउनुहुन्छ, अन्य अतिथिज्यूहरुपनि शुक्रबारै हवाईमार्गबाट आउनुहुन्छ,‘उनले भने,‘कन्फ्रेन्समा सहभागि हुन रोटरीयनहरु भने आउन शुरु गर्नु भएको छ, विहीबार बेलुकासम्ममा १ हजार भन्दा बढी आइपुग्नुहुँदैछ, बाँकी शुक्रबार आइपुग्नुहुन्छ ।’ कन्फ्रेन्समा रोटरियनबाहेक अमेरिका, जापान, ताइवान, अमेरिका, स्विडेनलगायतका देशका रोटरियनहरुपनि सहभागि हुने उनले बताए । कन्फ्रेन्समा सहभागिहरुलाई गण्डकी प्रदेशका १६ रोटरी क्लवहरुले संयुक्त आतिथ्यता प्रदान गर्ने जनाइएको छ ।

कन्फ्रेन्सका लागि पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा टेन्ट हालेर ३ हजार मानिस अटाउने क्षमताको कन्फिरेन्स हल बनाइएको छ । कार्यक्रम हुने स्थानमा डोममा भने देशका सबै रोटरी क्लवहरुले गरेका कामहरुको प्रदर्शनी गर्ने ब्यबस्था मिलाइएको कार्यक्रम संयोजक गोपाल धोजुले जानकारी दिए । अतिथिलाई स्वागतका लागि तनहुँको दमौलीदेखि कार्यक्रम स्थल पोखरा प्रदर्शनी केन्द्र स्थलसम्म कार्यक्रम स्थलको ढोकामा मूल स्वागत द्वार निर्माण गरिएको छ भने अतिथिलाई स्वागत गर्न नयाबजारबाट प्रदर्शनी केन्द्र जाने बाटोसम्म १० वटा स्वागत द्वार निर्माण गरिएको छ । कार्यक्रम स्थलमा सुरक्षा ब्यबस्था चुस्त बनाइएको छ । कार्यक्रम स्थल सुरक्षित बनाउन १२ वटा सिसी क्यामरासमेत जडान गरिएको उनले बताए । कार्यक्रम स्थल प्रदर्शनी केन्द्रमा पोखराका सम्पदा झल्कनेगरी हिमाल र ताल बनाइएको छ भने गण्डकी प्रदेशमा प्रचलनमा रहेको ‘घुमाउने घर’ निर्माण गरिएको छ । जसले आएका अतिथि र रोटरीयनहरुलाई आकर्षित गर्ने विश्वास गरिएको छ ।

कन्फ्रेन्समा रोटरी क्लव र रोटरियनहरुले गरेका कामको समीक्षा, अनुभव आदानप्रदान र आगामी वर्ष गरिने कामको बारेमा छलफलसहित योजना बनाइने रोटरी इन्टरनेसनलडिष्ट्रिक्ट ३२९२ को १२ औं डिष्ट्रिक्ट गभर्नर श्रेष्ठले जानकारी दिए । उनका अनुसार कन्भेन्सनमा रोटरीले गर्ने सामाजिक सेवाका विभिन्न श्रोत तथा आयामहरुका बारेमा सम्बन्धित क्षेत्रका विज्ञहरुले प्रस्तुती राख्नेछन् । अन्त्यमा फेलोसीपपनि हुने उनले बताए । कन्भेन्सनले पर्यटन प्रवद्र्धनमासमेत टेवा पुग्ने उनले बताए ।

यसैबीच, रोटरी कन्फ्रेन्सको पूर्व सन्ध्यामा कार ¥याली निकालिएको छ । कन्फ्रेन्सको प्रचारप्रसार गर्ने तथा पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले काठमाडौंदेखि पोखरासम्म कार ¥याली निकालिएको कार ¥याली संयोजक दीवाकरराज कर्णिकारले जानकारी दिए । ¥यालीमा ४५ वटा गाडीमा ११५ भन्दा बढी रोटरीयनहरु सहभागि भएको उनले बताए ।

व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर मानवीय र सामाजिक सेवा गरौं भन्ने उद्धेश्यका साथ रोटरी क्लव १९०५ फेव्रअरी २३ मा स्थापना भएको डिष्ट्रिक्ट गभर्नर श्रेष्ठले जानकारी दिए ।

You might also like

Comments are closed.