रोटरी क्लब अफ पोखरा २०१९/२० को अध्यक्षमा धोजू

आर्थिक आवाज

पोखरा, २६ मंसिर । रोटरी क्लब अफ पोखराको २०१९/२० को अध्यक्षमा गोपाल धोजू चयन भएका छन् । क्लवको हालै सम्पन्न अधिवेसनले धोजूलाई ईलेक्ट अध्यक्षमा चयन गरेको हो । क्लबको उपाध्यक्षमा प्रकाशदेव पालिखे र सचिवमा उर्दिप श्रेष्ठ चयन भएका छन् । समितिको सल्लाहकारमा विपिन केसी, सर्जेन्ट एण्ड आर्ममा कपिलकिरण श्रेष्ठ, क्लव एडिटरमा डा.राजेन्द्र गौतम चयन भएका छन् ।

क्लवको निर्देशकमा बमबहादुर गुरुङ, गणेशमानसिंह भण्डारी, ज्ञानेन्द्र सिग्देल, रामचन्द्र थापा, शारदा खत्री गौतम, क्लब एडमिनिस्ट्रिसनमा निरञ्जन श्रेष्ठ, क्लब मेम्बरसीप डेभलपमेन्ट चेयरमा मीनु कुवँर श्रेष्ठ, सर्भिस प्रोजेक्ट चेयरमा विनयकुमार श्रेष्ठ, पब्लिक रिलेसन चेयरमा भुपालजंग कुँवर चयन भएको क्लवका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । निर्वाचित समितिले २०१९ साल जुलाई महिनाबाट कार्यभार सम्हाल्ने श्रेष्ठले बताए ।

You might also like

Comments are closed.