लेखनाथ ।
रोटरी क्लव अफ लेखनाथ र रोट्रयाक्ट क्लव अफ लेखनाथको संयुक्त पदस्थापना कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि रोटरी डिष्ट्रिक ३२९२ का गर्भनर राजीव पोख्रेलले रोटरी र रोट्रयाक्टले समाज परिवर्तनको लागि सामाजीक दायीत्व सँगै एक आपसमा भातृत्व विकासमा उल्लेखनीय भुमिका निर्वाह गरेको वताए ।
रोटरी क्लव अफ लेखनाथका निर्वतमान अध्यक्ष हरी खनालको अध्यक्षतामा सम्पन्न भएको ११ औं पदस्थापनबाट नयाँ कार्यसमितिको पद तथा जिम्मेवारी दिईएको छ ।
उक्त कार्यक्रममा निर्वतमान अध्यक्ष हरी खनालबाट नवनिर्वाचित अध्यक्ष हरी बुढाथोकीलाई पद हस्तान्तरण गरीएको थियो । सोही कार्यक्रममा रोटरी क्लव अफ लेखनाथका संस्थापक अध्यक्ष उमेश कुमार आचार्य, पुर्वअध्यक्ष ईविन्द्रराज तिवारी लगायतले शुभकामना दिएका थिए ।
यस्तै रोट्रयाक्ट क्लव अफ लेखनाथले आफ्नो १०औं पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ । सोही पदस्थपन कार्यक्रमबाट निर्वतमान अध्यक्ष शिवराज अधिकारीबाट वर्तमान अध्यक्ष उत्तम श्रेष्ठलाई पद हस्तान्तरण गरिएको थियो ।
सोही कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोटरी क्लव अफ लेखनाथका अध्यक्ष हरी बुढाथोकीले रोट्रयाक्ट र रोटरी एक भएर अगाडी वढ्नुपर्नेमा जोड दिएका थिए ।
सोही कार्यक्रममा बोल्दै विशेष अतिथि रोट्रयाक्ट डिष्ट्रिक ३२९२ जोन ३ का जेड आर आर सन्दिप पौडेलले आजका युवाहरु समयलाई ख्याल गर्दै आफ्नो भविष्य र वर्तमानलाई अध्ययनसँगै भाईचाराको विकासमा लाग्नुपर्नेमा जोड दिएका थिए ।
उक्त कार्यक्रममा रोट्रयाक्ट लेखनाथले १८ जना सदस्यको नयाँ कार्यसमिति गठन गरेको छ । कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष सन्तोष गुरुङ, पुर्व अध्यक्ष रोशन अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने धन्यवाद ज्ञापन क्लवका पुर्वअध्यक्ष सुजन न्यौपानेले र कार्यक्रमको सञ्चालन सचिव कृष्ण तिवारीले गरेका थिए ।




Comments are closed.