माघ २०,पोखरा
रोटरी क्लव अफ पोखरा मिडटाउन, रोटरी क्लव अफ पोखरा इनरह्वील र रोट्रयाक्ट क्लव अफ पोखरा मिडटाउनको संयुक्त आयोजनामा कास्कीको रुपा गाउँपालिकामा कम्प्युटर सहयोग तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
क्लवले गाउँपालिका–१ स्थित टजेश्वर माविलाई ५ थान कम्प्युटर र १ थान प्रिण्टर तथा शारदा आधारभुत विद्यालयलाई १ थान कम्प्युटर र १ थान प्रिण्टर सहयोग गरेको हो । क्लवका अध्यक्षहरु रो.सन्तोष पोखरेल, सावित्री नेपाली र अच्युत पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर सुनारीलाई एक समारोहका विच उक्त सहयोग सामग्री हस्तान्तरण गरे ।
त्यसैगरि जटेस्वर मावि प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा फेवा सिटी हस्पिटलको सहयोगमा महिला स्वास्थ्य तथा जनरल परिक्षण गरिएको हो । डा.भोजराज न्यौपाने, डा.चण्डिका पण्डित लगायतले स्वास्थ्य परिक्षण गरेका हुन् । शिविरमा स्वास्थ्यलाभ गराउन आएकाहरुलाई निःशुल्क औषधी वितरण गरिएको थियो । शिविरमा हिमालयन आँखा अस्पतालको सहयोगमा आँखा परिक्षण समेत भएको थियो ।
कार्यक्रममा बोल्दै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले रोटरीले गरेको उक्त कार्य अनुकणीय कार्य बताउँदै अन्य संघसंस्थाले पनि यस्ता कार्यको सिको गर्नुपर्नेमा जोड दिए । वडा नम्बर १ का अध्यक्ष दिपक आलेले रोटरी क्लव गाउँमै आएर गरेको सहयोग गाउँलेहरुका लागि ठूलो सहयोग भएको बताए ।
रोटरी क्लव अफ पोखरा मिडटाउनका अध्यक्ष सन्तोष पोखरेले आफु भन्दा कमजोर अवस्था भएकालाई सहयोग गर्नुनै मानव सेवा भएको बताए । सेवा मध्य उत्तम सेवा मानव सेवा भएको उनको भनाई थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष रो.केशबप्रसाद आचार्यले स्वागत तथा आइपिपी रो.ई.महेन्द्र गोदारले सञ्चालन गरेका थिए ।
Comments are closed.