रोटा सप्ताहको तेस्रो दिन वृद्धाश्रमलाई खाद्यन्न सहयोग

तनहुँ,२९ फागुन
रोटर्याक्ट क्लब अफ दमौलीको रोटा सप्ताहको तेस्रो दिन बुधवार वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ । व्यास ५ चापाघाट स्थित महिलाहरुद्धारा सञ्चालित वेदव्यास वृद्धाश्रमलाई दैनिक उपभोग्य दाल, चामल, नुन, चिनी लगायतका खाद्यान्न वितरण गरिएको रोटा सप्ताह कार्यक्रमका संयोजक विशाल श्रेष्ठले जानकारी दिए । साथै मार्च १३ अर्थात“ विश्व रोटर्याक्ट दिवसलाई वृद्धाश्रमका बुवाआमाहरूसँग केक काटेर मनाएको श्रेष्ठले बताए । कार्यक्रममा रोटरी युथ चियर बिनोद गौतमले युवाहरुले सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै खुशी व्यक्त गरे । समाजमा सकारात्मक सन्देश दिने खालका रचनात्मक कार्यमा सधै सक्रिय रहन उनले युवाहरुलाई आग्रह गरे ।

रोटर्याक्ट क्लब अफ दमौलीका अध्यक्ष विपिन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लब अफ दमौलीका पदाधिकारीहरु, इनरव्हील क्लब अफ दमौलीका पदाधिकारीहरु र इन्ट्र–याक्ट क्लबका पदाधिकारीहरु र रोटर्याक्टरहरुको उपस्थिती रहेको थियो ।

त्यस्तै गरी आजै क्लबले लियो क्लब अफ तनहुँसंग संयुक्त बैठक गर्न सम्पन्न गरेको छ । लियो क्लबसँग मैत्रीपुर्ण सम्बन्ध स्थापित गर्न संयुक्त बैठक गरेको रोटर्याक्ट क्लबका निवर्तमान अध्यक्ष शिखरलाल डोटेलले जानकारी दिए । संयुक्त बैठकमा लियो क्लब अफ तनहुँका अध्यक्ष अनिल श्रेष्ठले रोटा सप्ताह अन्तर्गत चैत २ गते स्थानीय तहसँग हुने मैत्रीपुर्ण फुटबल प्रतियोगिता र चैत ६ हुने दोस्रो रोटरी रोट्र¥याक्ट होली महोत्सवलाई पुर्ण समर्थन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रममा रोटर्याक्ट क्लब अफ दमौलीका पुर्व अध्यक्ष सन्तोष श्रेष्ठले जुनसुकै संस्थामा आवद्ध भएपनि समाज रुपान्तरणमा युवाहरुको एउटै उद्देश्य हुनुपर्ने बताए । युवाहरु बीच सदभाव, भातृत्वले सिर्जनशील कार्य गर्न सघाउ पुग्ने श्रेष्ठले विश्वास व्यक्त गरे । त्यस्तै कार्यक्रममा क्लबका आगामी वर्षका अध्यक्ष मनोज राउत रोट्र¥याक्ट होली महोत्सवलाई सफल बनाउन सबैको सहयोग आवश्यक पर्ने भन्दै सहयोगको आव्हान गरेका थिए ।

You might also like

Comments are closed.