रोट्रयाक्टले विद्यार्थीलाई ‘वित्तिय साक्षरता’ सम्बन्धी प्रशिक्षण दिने

मंसिर २६,तनहुँ ।

रोट्रयाक्ट क्लब अफ दमौलीले प्रभु बैंक दमौलीको सहकार्यमा विद्यार्थीसँग वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । पुस १ गते आइतबार व्यास १ भादगाँउ स्थित आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीहरुलाई वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई लेखा व्यवस्थापन, बैङ्किङ सेवा तथा सुविधा र बैङ्कको महत्व बारेमा जानकारी गराउदै वित्तिय ज्ञान अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको रोट्रयाक्ट क्लबका अध्यक्ष विपिन श्रेष्ठले जानकारी दिए ।
यस्ता कार्यक्रमले  विद्यार्थीहरूलाई मुलुकको बैंकिङ तथा वित्तीय प्रणालीबारे आवश्यक जानकारी पस्कँदै उनीहरूलाई यसतर्फ आकर्षित गर्दै वचतको माध्यमबाट मितव्ययी, सक्षम, उद्यमशील बन्न प्रेरित गरी भावी दिनमा उनीहरू स्वयम् र मुलुकको आर्थिक समृद्धिमा समेत टेवा पुग्ने प्रभु बैंक दमौलीका शाखा प्रमुख राजु रानाले बताए । वित्तीय चेतनाको माध्यमबाट विद्यार्थीहरुमा बैकिङ बानीको विकास गरी वचत मार्फत पुँजीको सिर्जना गर्ने बानीको विकास हुने रानाको भनाई छ ।

कार्यक्रममा पूजीँ, बचत , बचत किन गर्ने, यसको सवल पक्ष, बचत कहाँ गर्ने, बैंक खाता, बैंक कर्जा,बजेट निर्माण, बजेट निर्माणको आवश्यकता, डेविट कार्ड, क्रेडिट कार्ड, एटीएम कार्ड, चेकबुक लगायतका विषयमा प्रशिक्षण दिइने क्लबका प्रोफेसनल सर्भिस डाइरेक्टर विशाल श्रेष्ठले जानकारी दिए

You might also like

Comments are closed.