तनहुँ, २७ फागुन
रोट्रयाक्ट क्लब अफ दमौलीको “रोटा सप्ताह“ सोमबारदेखि सुरु भएको छ । क्लबले एक हप्ता सम्म विभिन्न कार्यक्रम गरि सप्ताह मनाउने भएको छ । रोटा सप्ताह अन्तरगत क्लबले आजदेखि चैत २ गते सम्म विभिन्न कार्यक्रम गर्ने कार्यक्रम संयोजक विशाल श्रेष्ठले जानकारी दिए । सप्ताहको पहिलो दिन उद्घाटन तथा रोट्रयाक्टको बारेमा ज्ञानगंगाका विद्यार्थीहरु लाई जानकारी गराइएको आजका कार्यक्रमका संयोजक विशाल खत्रीले बताए ।
सप्ताहको दोस्रो दिन क्लबले आफ्नो ट्विन क्लब रोट्रयाक्ट क्लब अफ इस्लामाबाद बाङ्लादेशसंग संस्कृती आदानप्रदान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै तेस्रो दिन वृद्धाआश्रममा खाद्यान्न प्रदान र लियो क्लब अफ तनहुँसंग संयुक्त बैठक गर्न कार्यक्रम रहेको छ भने सप्ताहको चौथो दिन क्लबको ब्यानर होर्डिङ बोर्डमा थप्ने तथा पुरानो लाई परिवर्तन गर्ने कार्यक्रम रहेको छ बताइएको छ । त्यस्तै चैत १ गते रोट्रयाक्ट क्लब अफ दमौलीले रोटरी क्लब अफ दमौली संग संयुक्त बैठक गर्नेछ र अन्तिम दिन चैत २ गते क्लबले स्थानीय तहसंग मैत्रीपुर्ण फुटबल प्रतियोगिता गर्दै रोटा सप्ताह समापन गर्ने क्लबले जनाएको छ ।
मार्च १३लाई विश्वभरका रोट्रयाक्ट क्लबहरुले रोटा सप्ताह मनाउने गरिन्छ सोही अनुसार रोट्रयाक्ट क्लब अफ दमौलीले पनि फागुन २७ गतेदेखि चैत २ गतेसम्म रोटा सप्ताह मनाउन लागेको क्लबका अध्यक्ष विपिन श्रेष्ठले बताए । कार्यक्रममा रोटरी क्लब अफ दमौलीका पुर्व अध्यक्ष रामनाथ भट्टराई, पुर्व अध्यक्ष रजिनलाल श्रेष्ठ, रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष विपिन श्रेष्ठ, क्लबका आगामी वर्षका अध्यक्ष मनोज राउत लगाएत रोटरी र रोट्रयाक्ट क्लबको बारेमा जानकारी गराएका थिए । रोट्रयाक्ट, इन्ट्राक्ट क्लब अफ ज्ञानगंगाका अध्यक्ष सुज्वल खड्का लगायत अन्य इन्ट्रयाक्ट क्लबका सदस्यहरु उपस्थिति समेतको उपस्थिती रहेको कार्यक्रमको सचालन क्लबका आगामी वर्षका अध्यक्ष मनोज राउतले गरेका थिए ।
Comments are closed.