रोट्रयाक्ट नेपाल जोन ३ को जेडआरआरमा डोटेल

पुस १४,तनहुँ ।

रोट्रयाक्ट डिस्टिक ३२९२ नेपाल भुटान अन्तर्गत जोन ३ मा रोटा वर्ष २०१९÷२० को जेडआरआरमा रोट्रयाक्ट क्लब अफ दमौलीका निवर्तमान अध्यक्ष शिखर लाल डोटेल चयन भएका छन ।

शनिबार तनहुँको दमौलीमा सम्पन्न भएको जोन ३ को तेस्रो जोनल मिटिङबाट डोटेल जोन ३ को जेडआरआरमा चयन भएका हुन । कुल ५ वटा रोट्रयाक्ट क्लब रहेको जोन ३ मा चार वटा क्लबले समर्थन जनाएपछि डोटेल निर्विरोध रुपमा निर्वाचित भएका हुन् ।

आगामी वर्ष २०१९ जुलाई १ देखि सुरु हुने कार्यकालको नेतृत्व गर्न नव निवार्चित जेडआरआरमा डोटेलले बैठकमा सबैलाई सम्बोधन गर्दे रोट्रयाक्ट मिसनलाई सफल बनाउन आफु सक्रियताका साथ अघि बढ्ने बताए । साथै सबैको साथ र सहयोग भए मात्र आफ्नो कार्यकाल सफल हुने भन्दै सबैले सहयोग गर्ने विश्वास समेत ब्यक्त गरे ।
बैठकमा जोन ३ का ५ वटै क्लबका अध्यक्ष, सचिव लगायतको उपस्थिती रहेको थियो ।

त्यसैगरि शनिबार नै सम्पन्न सन्तोष मेमोरियल रोटा क्विजको उपाधी रोट्रयाक्ट क्लब अफ बज्र मनास्लुले पाएको छ ।  विजेता बनेसँगै टिमले ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन ।  त्यस्तै गरि क्विजमा रोट्रयाक्ट क्लब अफ गोरखा दोस्रो र क्विजमा रोट्रयाक्ट क्लब अफ लमजुङ तेस्रो भएका छ्न । रोट्रयाक्ट क्लब अफ पर्वतका रोटा वर्ष २०१४÷१५ का अध्यक्ष सन्तोष पौडेलको स्मृतिमा उक्त रोटा क्विज सञ्चालन गरिएको कार्यक्रमका संयोजक विशाल श्रेष्ठले जानकारी दिए । कार्यक्रममा पाँच वटा क्लबबाट करिब एक सय जनाको उपस्थिति रहेको ।

You might also like

Comments are closed.