रोबोट कम्पिटिसन इन्फोटेकको आकर्षण

दीपकराज गिरी
संयोजक
आइटी व्यवस्थापन तथा अतिरिक्त क्रियाकलाप उपसमिति

फागुन ११ देखि १५ सम्म पोखरामा क्यान इन्फोटेक हुँदैछ । रोबोसकर कम्पिटिसन इन्फोटेकको सबैभन्दा आकर्षणको केन्द्र हुने हाम्रो विश्वास छ । किनभने यो जहाँतहिं हुँदैन । यसमा रोबोटहरुले फुटबल खेल्छन् । यसमा १५ टिमले प्रतिष्पर्धा गर्दैछन् । प्रतिष्पर्धी मध्ये प्रथम, द्वितीय र तृतीय छुट्याएर पुरस्कृत गरिनेछ । प्रथमलाई ८ हजार, द्वितीयलाई ५ हजार र तृतीयलाई ३ हजार रुपैयाँसहित मेडल पनि प्रदान गरिनेछ । त्यतिमात्र होइन, सहभागी सबैलाई टोकन मनीका रुपमा प्रति टिम २ हजार रुपैयाँसमेत प्रदान गर्छौं । रोबोट बनाउनेलाई उर्जा मिलोस् भनेर सबै सहभागीलाई टोकन मनी दिन लागेका हौं ।

इन्फोटेकमा थ्री डी होलोसमेत प्रदर्शनीमा राख्दैछौं । थ्री डीमा जस्तै यसमा पनि डोमको अघिल्लो ढोकामा थ्री डी होलो राख्छौं । जसमा मानव आकृति थ्री डीमा देखिन्छ र त्यहाँ पुग्ने जोकोहीले आफूजस्तै मान्छे थ्री डीमा देख्न सक्छ । हेर्दा बास्तविकजस्तो देखिएपनि त्यो इमेज मात्र देखिन्छ ।

त्यस्तै, इन्फोटेकमा हाइड्रोपावरले बिजुली कसरी उत्पादन गर्छ र त्यो कसरी घरसम्म आइपुग्छ भन्नेबारेमासमेत डेमो प्रदर्शनी गर्दैछौं । यसमा नदीको पानीबाट टर्वाइन घुमेपछि के के प्रोसेस भएर बिजुली बन्छ र त्यो घरसम्म आइपुग्दा कतिवटा प्रोसेस पूरा गर्छ सम्पूर्ण देखाइन्छ । योपनि आम सर्वसाधारणका लागि नया हुनेछ । यसैगरी पश्चिमाञ्चल इञ्जिनियरिङ अध्ययन संस्थानमा अध्ययनरत विद्यार्थीले बनाएको कार पनि प्रदर्शनीसँगै ड्राइभ गर्नेगरी राख्दैछौं ।

You might also like

Comments are closed.