र्याफ्टिङ खेलाडीहरु आफ्नै खर्चमा वल्र्डकपमा भाग लिने तयारी गर्दै

पोखरा १० वैशाख ।
सरकारको सहयोग विना नेपालका र्याफ्टिङ खेलाडीहरु र्याफ्टिङ वल्र्डकपमा सहभागी हुने भएका छन । अन्तराष्ट्रिय र्याफटिङ महासंघको आयोजनामा आगामी मे १६ देखी १९ सम्म दक्षिण अष्ट्रेलियाको क्वीन्स ल्याण्डको टुली नदीमा हुने र्याफटिङ वल्र्डकप च्याम्पियनसिपमा सहभागी हुने खेलाडीहरु यतिवेला पोखराको सेती नदीमा अभ्यासमा व्यस्त रहेका छन ।

राष्ट्रिय र्याफ्टिङ प्रतियोगिता २०७५ बाट छनौट भएका खेलाडीहरु सुरज गुरुङ, सुनिल गुरुङ, सविन गुरुङ, शक्ति कुमार गुरुङ, दिपेश गुरुङ, पदम बहादुर गुरुङ र रविल मियालाई टीम प्रशिक्षक निम बहादुर मगरले प्रशिक्षण गराइरहेका छन ।  विगत दुई महिनादेखी सेती नदीमा अभ्यास गरिरहेका खेलाडीहरुले आफुहरु र्याफ्टिङको माध्यामबाट नेपालको झण्डा लिएर विश्वका खेलाडीहरु माझ प्रतिस्पर्धामा जान लाग्दा सरकारी निकायले चासो नदेखाउदा निकै दुख लागेको बताउछन् ।

खेलाडीहरुले र्याफ्टिङ खेललाई नेपाल सरकारले अन्य खेलहरुलाई जस्तो सहयोग नगरेको र यसपटकको विश्वकपमा सहभागी हुनका लागी सम्पूर्ण खेलाडीहरु आफ्नै खर्च र नेपाल एजेन्सीज अफ र्याफ्टिङ एसोशियसनको सहयोगमा अष्ट्रेलिया जान लागेको नेपाली र्याफ्टिङ टिमका प्रमुख सुरज गुरुङले बताए ।  र्याफटिङ साहसिक खेल भएको र यस मार्फत नेपालमा साहसिक पर्यटक भित्रयाउन सकिने कुरा सरकारले वेवास्ता गरेको उनको भनाई छ । यसका लागी केही सरकारी कार्यालयहरुले सहयोगको प्रतिवद्धता गरेको भएतापनि हाल सम्म सकाकारी निकायबाट सहयोग नपाएको गुरुङले बताए ।

र्याफ्टिङ प्रतियोगितामा सहभागी हुनका लागी ३४ लाख लाग्ने अनुमान गरिएको छ । त्रिशुली नदी आसपासका चितवन, धादिङ र गोर्खाका केही गाउँपालिकाहरुले नेपालको प्रतिनिधित्व गरेर विश्वकपमा सहभागी हुने नेपाली टीमलाई सहयोग गर्ने प्रतिवद्धता भने जनाएका छन ।  चितवनको इच्छामनकामना गाउँपालिका कुरिनटार, वेनीघाट रोराङ गाउपालिका वेनीघाट, गण्डकी गाउपालिका गोरखा र शहिद लखन गाउँपालिका घैरुङबाट पनि सहयोग गर्ने प्रतिवद्धता गरेको बताउदै खेलाडीहरुले त्यहाँबाट आउने रकमले केही हदसम्म सहज हुने विश्वास गरेका छन् ।

नेपाल सरकारले र्याफ्टिङ खेललाई हेर्ने दृष्टीकोण नै फरक रहेको नेपाल एजेन्सीज र्याफ्टिङ एशोसियनका अध्यक्ष निम बहादुर मगर वताउछन । सरकारले र्याफ्टिङ खेललाई स्थापित गर्न भन्दा यसलाई विस्थापित गर्न खोलानाला उत्खनन गर्ने कामहरु गरेको मगरले आरोप लगाए ।

वल्र्डकपमा आफुहरु सहभागी हुने सम्बन्धमा सरकारलाई जानकारी गराएपनि सरकारी निकायबाट कुनै प्रतिक्रिया नआएको मगरले वताए । प्रतियोगितामा सहभागी हुने खेलाडीहरु आगामी मे ७ तारिकको दिन अष्टे«लिया प्रस्थान गर्नेछन ।

You might also like

Comments are closed.