काठमाडौं । लकडाउनका कारण बन्द रहेका होटल तथा रेष्टुरेन्टहरु साउन १५ गतेबाट खुल्ने भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद बैठकले होटल तथा रेष्टुरेन्ट खोल्ने निर्णय गरेको प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।
होटलसँगै पर्यटनसँग सम्बन्धित अन्य व्यवसायहरु पनि सञ्चालनमा आउनेछन् । ट्राभल, ट्रेकिङ सञ्चालन गर्न पाइनेछ भने पर्वतारोहणको अनुमति पनि दिइनेछ ।
आवश्यकता अनुसार सुरक्षा सतर्कता अपनाएर व्यवसाय सञ्चालन गर्न सरकारले आग्रह गरेको छ ।
Comments are closed.