लकडाउन गर्न विज्ञहरुको सुझाव

काठमाडौं । विज्ञहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः लकडाउन गर्न सुझाव दिएका छन् । लकडाउन खुलेसँगै कोरोना संक्रमणदर बढेको र समुदायमा समेत कोरोना संक्रमण फैलिएको भन्दै विज्ञहरुले पुनः लकडाउनमा जान सरकारलाई सुझाव दिएका हुन् ।

प्रधानमन्त्री ओलीले विज्ञहरूको राय लिनका लागि विपक्षी दलका नेता शेरबहादुर देउवाको समेत उपस्थितिमा मंगलबार बालुवाटारमा बैठक राखेका थिए । बैठकमा सहभागी विज्ञहरुले लकडाउन गरी कोरोना जोखिम कम गर्नुपर्ने सुझाव दिएको बालुवाटार स्रोतले जनाएको छ ।

You might also like

Comments are closed.