पोखरा । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसनका पूर्व केन्द्रीय उपाध्यक्ष एवं अटोवेज प्रालिका प्रवन्ध निर्देशक नारायण पौडेलले लकडाउन खोलेर व्यवसाय गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् । आर्थिक आवाजसँग कुरा गर्दै उनले लकडाउनले समस्याको समाधान नहुने बताए ।
‘कोरोनाबाट डराउनु पर्दैन,’ उनले भने, ‘सीमा नाकामा कडाई गर्दै आन्तरिक लकडाउन खुलाउनुपर्छ ।’ बोर्डर व्यवस्थापन गर्न सके सबै क्षेत्रलाई सुचारु गर्न सकिने उनले बताए । कोरोना महामारी र लकडाउनको कारण मुलुकको अर्थतन्त्र निकै पछाडि थकेलिएको बताउँदै उनले लकडाउन खुलाएर आर्थिक गतिविधि बढाउनुपर्ने धारणा राखे ।
विस्तृत अन्तर्वार्ताः
अटोवेज प्रालिका प्रवन्ध निर्देशक नारायण पौडेलसंग आर्थिक आवाजले गरेको कुराकानी
Gepostet von Arthik Awaj am Freitag, 15. Mai 2020
Comments are closed.