लखन स्मृति कपको उपाधि आदिकविलाई

तनहुँ, १ फागुन
नेपाल मगर विद्यार्थी संघ तनहुँको आयोजनामा दमौलीमा सम्पन्न भएको छैटौं लखन स्मृति कपको उपाधि व्यास १ भादगाँउ स्थित आदिकवि भानुभक्त क्याम्पसले हात पारेको छ ।

आइतबारदेखी सुरु भएको प्रतियोगिताको अन्तिम दिन बिहिबार आदिकवि भानुभक्त क्याम्पस (ए) र आदिकवि भानुभक्त क्याम्पस (बि) बीच भएको फाइनल खेलमा आदिकवि भानुभक्त क्याम्पस (बि) बिजयी भएको छ । ३–० गोलअन्तरले आदिकवि भानुभक्त क्याम्पस (बि) बिजयी भएको खेल संयोजक अनिल थापा मगरले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार ५५५ र दोस्रो हुने टिमले १५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता अर्जुन राना, उत्कृष्ट खेलाडी समिन थापा र उत्कृष्ट गोलरक्षक अनिल अधिकारी भएका छ्न । प्रतियोगितामा जिल्लाका १४ कलेजका टिमले सहभागीता जनाएको थिए ।

You might also like

Comments are closed.