पोखरा, ८ चैत । केन्द्रीय कोअपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स सेन्टर)को आयोजनामा पोखरामा ‘कोप्स इन्भेष्टमेन्ट समिट’ हुने भएको छ । यही चैत १५ र १६ गते गोल्डेन हाउस पार्टी प्यालेस जिरोकिलोमिटरमा समिट आयोजना गरिएको सेन्टरका महासचिव रामचन्द्र शर्र्माले जानकरी दिए ।
सहकारी क्षेत्रको लगानीका सम्भावनाहरुका बारेमा बृहद छलफल गर्ने उद्देश्यले समिट आयोजना गरिएको उनले बताए । ‘लगानीको सम्भावनाका विषयमा बृहद छलफल गर्नेछौं,’ उनले भने, ‘नेपालमा सहकारी मिलेर कतिसम्म लगानी गर्न सकिन्छ भनेर छलफल हुनेछ ।’ वैदेशिक लगानी तथा पर्यटन पुर्वाधारका क्षेत्रमा हुन सक्ने लगानीका बारेमा पनि समिटमा छलफल गरिने शर्माले जानकारी दिए ।
सहकारी अभियान्ता, विज्ञ लगायत सरोकारवालाहरुको सहभागितामा आयोजना हुने समिट निकै प्रभावकारी हुने कोप्स केन्द्रका अध्यक्ष डिल्लीराम बरालले बताए । समिटको उद्घाटन प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने कार्यक्रम छ ।