आर्थिक आवाज
पोखरा, २८ माघ । गण्डकी प्रदेशमा लगानीका सम्भावना खोज्न अमेरिकी टोली पोखरा आएको छ । अमेरिकाको वासिङ्टनमा स्थापना भएको नेपाल विकास संघ (नेपाल डेभलपमेण्ट कन्सोर्टियम)को टोलीले नेपाल र अमेरिकाबीच लगानी र व्यापारका सम्भावनाबारे मंगलबार पोखराका उद्योगी÷व्यवसायीहरुसँग अन्तरक्रिया गरेको छ ।
पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल विकास संघको संयुत्तः आयोजनामा भएको अन्तरक्रियामा बोल्दै नेपाल विकास ंसंघका संस्थापक सदस्य देवदत्त दासले संयुक्त लगानीको लागि तयार रहन र संभावनाका क्षेत्र पहिचान गर्न पोखरेली उद्योगी÷व्यवसायीहरुसँग आग्रह गरे ।
गण्डकी प्रदेशका मुख्यमन्त्रीको केहीअघि भएको वासिङ्टन भ्रमण र उनकै निम्तोमा त्यहाँका गभर्नर नेपाल आउन लागेको जानकारी दिँदै उनले सो अवसरमा विभिन्न क्षेत्रमा लगानीको सम्झौता हुनसक्ने बताए ।
‘यहाँका मुख्यमन्त्री (पृथ्वीसुब्बा गुरुङ) सँग असाध्यै राम्रो योजना छ, यहाँ क्यान्सर अस्पताल, पर्यटन, कृषिलगायतका क्षेत्रमा लगानी गर्न सकिने सम्भावना छ,’ उनले भने, ‘सियाटलमा साना हिमालहरु छन्, त्यहाँ प्रसस्त स्कि रिसोर्ट खोलिएका छन्, यहाँको मनाङ र मुस्ताङमा पनि त्यो सम्भावना छ ।’
कार्यक्रममा बोल्दै सो संस्थाका अर्का संस्थापक सदस्य मूर्ति कालकोराले व्यवसाय सफल हुन उत्पादनको अनुपात, योजना, योग्य कामदारको छनौट, व्यवस्थापन र आफ्नो उत्पादनसँग त्यहाँको संस्कृतिबारे जानकार हुनुपर्ने बताए ।
अन्तरक्रिया तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले वासिङ्टनका गभर्नरको भ्रमणको बेला आउने लगानीकर्ताहरुसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताए । उनले द्विपक्षीय लगानीले नेपाली उद्योगी÷व्यवसायीहरुले संचालन गर्ने उद्योग÷व्यवसायको दायरा बढ्ने आशा राखे ।
संघका उद्योग उपाध्यक्ष विन्दु कोइराला सुवेदीले नेपालमा संभावना नै सम्भावना भएको बताउँदै पूँजि र प्रविधि भित्र्याउन सके यहाँबाट राम्रो मुनाफा कमाउन सक्ने धारणा राखिन् । संघका महासचिव अर्जुन पोखरेलले लगानीका क्षेत्रहरु पहिचान गरि सहकार्यको हात बढाउन व्यवसायीहरुसँग आग्रह गरे ।
Comments are closed.