लन्चिङको तयारीमा रेनोको सबैभन्दा सानो एसयूभी काइगर (विशेषताहरुसहित)

काठमाडौं । रेनोले भारतीय बजारमा सब कम्प्याक्ट एसयूभी काइगर लन्च गर्ने तयारी गरिरहेको छ । हाल कम्पनीले यसको परीक्षण गरिरहेको छ । रेनो काइगर अक्टोबरमा लन्च गर्ने अनुमान गरिएको छ ।

सो कारको प्रतिस्पर्धी मारुती ब्रेजा, हुन्डाई भेन्यु र टाटा नेक्सन हुनेछ । रेनोको नयाँ काइगरमा यी ५ विशेषता हुनेछ ।
रेनो काइगर सीएमएफ–ए प्लस प्लेटफर्ममा आधारित हुनेछ । यही प्लेटफर्म कम्पनीको क्विड र ट्राइबर कारमा प्रयोग गरिएको थियो । सीएमएफ–ए प्लस प्लेटफर्म रेनो निसान अलायन्सको सीएफएफ–ए आर्किटेक्चरको ठूलो र व्यापक भर्सन हो । यो बढी पावरफुल इन्जिनको लागि सक्षम छ । निसानको आउन लागेको म्याग्नाइट एसयूभी पनि यही प्लेटफर्ममा आधारित हुनेछ ।

रेनोको सो काइगर एसयूभी कम्पनीको सबैभन्दा सानो एसयूभी हुनेछ । यसको लम्बाई ३९९५ एमएम, चौडाई १६०० एमएम, उचाई १६०० एमएम र ह्वीलबेस २६०० एमएम हुने अनुमान गरिएको छ ।

रेनो काइगर परीक्षणको समयमा केही फोटो सार्वजनिक भएको थियो । फोटो अनुसार के अनुमान लगाउन सकिन्छ भने काइगर एसयूभी क्विडको ठूलो भर्सन जस्तो देखिन्छ । सो कारको हेडल्याम्प क्विडसँग मिल्दो जुल्दो छ । एसयूभीको हेडल्याम्प, डेटाइम रनिङ लाइटको तल बम्परमा छ । रेनोको सो नयाँ एसयूभी रुफ रेल्स, सार्क फिन एन्टेना, रुफ माउन्टेड रियर स्पोइलर र एलईडी टेललाइटको साथमा उपलब्ध छ ।

काइगरको अधिकांश फिचर ट्राइबर एमपीभीसँग लिइनेछ । यसमा ८ इन्चको फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमको साथमा नयाँ डिजाइनको ड्यासबोर्ड समावेश हुनेछ । सो एसयूभीमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र सेन्ट्रल एसी भेन्ट जस्तो फिचर हुनेछ । रिपोर्टका अनुसार यसमा सनरुफ पनि हुनेछ ।

रेनो काइगर पेट्रोल भर्सनमा मात्र उपलब्ध हुनेछ । यसमा २ इन्जिनको विकल्प हुनेछ । पहिलो ९५ एचपीको पावर भएको १।० लिटर टर्बोचाज्र्ड, दोस्रो ७५ एचपी पावर भएको १.० लिटर नेचुरली एस्परेटेड पेट्रोल इन्जिन हुनेछ । नेचुरली एस्परेटेड इन्जिनको साथमा म्यानुअल र एएमटी गियरबक्सको विकल्प हुनेछ । टर्बो इन्जिनको साथमा सीभीटी अटोमेटिक गियरबक्स उपलब्ध हुनेछ ।

You might also like

Comments are closed.