पोखरा।रोयल इन्फिल्डले बीएस६ इन्जिन भएको क्लासिक ३५० बाइक भारतमा लन्च गरेको छ । ड्युअल च्यानल एबीएसको साथमा उपलब्ध सो बाइक ड्युल च्यानल एबीएस भएको बीएस४ मोडलको भन्दा ११ हजार भारु महँगो रहेको छ ।
बीएस६ इन्जिनको साथमा लन्च भएको यो कम्पनीको पहिलो बाइक हो । कम्पनीका अनुसार ३१ मार्च सम्ममा अन्य बाइक्स पनि बीएस६ कम्प्लायन्ट गरिनेछ । सो बाइकमा इलेक्ट्रोनिक फ्युल इन्जेक्सन सिस्टम समावेश गरिएको छ ।
बीएस४ मोडलमा काब्र्युरेटर थियो । अपडेटेड क्लासिक ३५० मा नयाँ रङ स्टील्थ ब्ल्याक र क्रोम ब्ल्याक रहेको छ । यसको साथै पुरानो मोडलको चार कलरमा पनि उपलब्ध रहेको छ । स्टील्थ ब्ल्याक र गनमेटल ग्रे कलरमा भएको रोयल इन्फिल्ड क्लासिक ३५० मा अलोय ह्विल र ट्युबलेस टायर स्ट्यान्डर्ड उपलब्ध रहेको छ ।
सो बाइकमा रहेको ३४६ सीसी, सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिनले १९.८ एचपीको पावर र २८ एनएमको टर्क जेनेरेट गर्छ । कम्पनीले बीएस६ मोडलको इन्जिनको आउटपुटको बारेमा केही जानकारी दिएको छैन । कम्पनीका अनुसार इलेक्ट्रोनिक फ्युल इन्जेक्सन सिस्टम इन्जिनको रिफाइनमेन्ट, ड्राइभेबिलिटी र चिसोमा स्टार्ट गर्न सजिलोको लागि क्षमता वृद्धि गर्न मदत गरिनेछ । सो बाइकको बुकिङ शुरु भइसकेको छ र १० हजार भारुमा बुकिङ गर्न पनि सकिन्छ ।




Comments are closed.