लमजुङको इशानेश्वरमा भक्तजनको भीड (फोटो फिचर)

तनहुँ,२० फागुन
महाशिवरात्रि पर्वको अवसरमा लमजुङको मध्यनेपाल नगरपालिका –७ स्थित प्रसिद्ध धार्मिक स्थल इशानेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । मन्दिरमा रहेको शिवलिंगमा बेलपत्र र दूध चढाउन तथा पूजा अर्चना, गरी बत्ती बाल्न र दर्शन मात्र गर्नका लागि बिहान ४ बजेदेखि नै इशानेश्वर मन्दिरमा भक्तजनहरुको घुईंचो लागेको हो ।

सन्तानेश्वर महादेवको नामले समेत प्रसिद्ध इशानेश्वर महादेवको दर्शन गरी पूजा अर्चना गर्दा सन्तान नहुनेलाई सन्तान प्राप्त हुने विश्वासले मन्दिरमा ठुलो संख्यामा भक्तजनहरुको भीड लाग्ने गर्दछ ।

jutta mela

शिवको पुजा आराधना गर्न सोमबारको दिन समेत परेकाले राम्रो र उपेक्षित फल पाउने आशमा टाढाटाढाका भक्तजन इशानेश्वरमा आएका छन् । बेलपत्र, समीपत्र, पञ्चामृत, गङ्गाजल, श्रीखण्डले शिवको पुजा अर्चना गर्दा लाभ मिल्ने विश्वासका साथ युवा युवती देखी वृद्धवृद्धा समेत करापुटार आउने गर्दछन ।
भक्तजनको संख्या अघिल्लो बर्षको तुलनामा यसवर्ष वृद्धि भएको करापुटार क्षेत्र विकास समितिले जनाएको छ । मन्दिरमा लमजुङसँगै तनहुँ, कास्की, गोरखा, धादिङ, चितवन देखी काठमाडौँबाट पनि ठूलो संख्यामा भक्तजन आएका छन् ।

लामो समयसम्म सन्तान नभएका सयौं दम्पतीहरु मन्दिर परिसरमा रातभरी जाग्राम रही ठाडो बत्ती बल्दा सन्तान लाभ हुने विश्वास गदर्छन । यस वर्ष पनि करिब १ हजार ५ सय दम्पतीले

इशानेश्वर महादेवको बरदानपछि सन्तान लाभ भएपछि मन्दिरमा आई महादेवलाई सन्तान देखाउनेहरु पनि थुप्रै भेटिन्छन् । विवाह भएको लामो समयसम्म सन्तान नभएका जोडीहरुका साथै अन्य मनोकामना पनि पूरा हुने विश्वासले ठाडो बत्ती बाल्न धेरै भक्तजनहरु मन्दिरमा आएका समितिका अध्यक्ष रामचन्द्र शास्त्रीले जानकारी दिए ।

 

श्रीस्वस्थानी ब्रतकथामा पनि हालको इशानेश्वर महादेव मन्दिरमा सतीदेवीको दाँया तिघ्रा पतन भएको बर्णन गरिएको छ । त्यस पुण्य भूमिमा ताराकेश्वर महादेव उत्पन्न भई इशानकोणमा अवस्थित रहेकाले सो तारकेश्वर महादेवलाई ईशानेश्वर स्वरुप भनी ईशानेश्वर महादेव नामाकरण गरिएको स्थानीय बताउछन् ।

You might also like

Comments are closed.