लमजुङमा एनआइसी एसियाको शाखा (फोटो फिचरसहित)

पोखरा, २३ पुस । निजी क्षेत्रको अग्रणी वित्तीय संस्था एनआइसी एसिया बैंकले शाखा बिस्तारलाई तिब्र बनाएको छ । देशभर शाखा सञ्जाल बिस्तार गरिरहेको बैंकले आइतबार लमजुङको बेशिशहर शाखाको औपचारिक शुभारम्भ गरेको हो । बैंकको १४५ औं उक्त शाखाको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले उद्घाटन गरे ।

अनौपचारिक रुपमा यस अगाडि नै सञ्चालनमा आएको शाखाको आइतबार औपचारिक शुभारम्भ गरिएको क्षेत्रीय प्रवन्धक दीपेन्द्र शर्माले जानकारी दिए । बैंकको शाखा सञ्जाल हालसम्म १ सय ५९ वटा पुगिसकेको शर्माले बताए । ‘ग्रामीण जिल्लामा सेवा बिस्तार गर्ने क्रममा लमजुङमा शाखा खोलिएको हो,’ उनले भने, ‘हाम्रो सेवालाई सबै क्षेत्रमा पु¥याउने लक्ष्य हो ।’

यसैबीच, बैंकले सोमबार एकैदिन दुई वटा शाखा बिस्तार गर्दैछ । तनहुँको आबुखैरेनी र गोरखाको गोरखा बजारमा शाखा बिस्तार गर्न लागिएको शर्माले जानकारी दिए ।

You might also like

Comments are closed.