ललितकला डायमन्ड युग बनाउने घोषणाको ऐक्तबद्धता ; मन्त्री गुरुङ

पोखरा , ११ बैशाख ।

कलाकार प्राज्ञ नगेन सिहं ठकुरीको ‘नवौँ एकल चित्रकला प्रदर्शनी’ पोखरामा सम्पन्न भएको छ । अन्तराष्ट्रिय पुस्तक दिवसका अवसर पारेर गरीएको उक्त चित्रकला प्रदर्शनीको कार्यक्रमका प्रमुख अतिथी, आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले व्यानरबाट पर्दा हटाएर उद्घाटन गरेका थिए । साथै सोहि अवसरमा हिमालयन रिडर्स कर्नर आर्ट ग्यालरीको पनि उद्घाटन गरीएको छ ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सभासद कलाकार प्राज्ञ नगेन सिंहले अहिलेको नेपालको युग ललितकला डायमन्ड युग बनाउने घोषणाको ऐक्तबद्धता जाहेर गदै प्रमुख अतिथी गुरुङले “कला तथा सिर्जना आमाको रुप हो”, भन्दै कलालाई आमा जसरी सम्मान गर्नुपर्ने बताए । उनले यहाँ उत्पादन भएका स्रष्टालाई स्थापित गर्न र अगाडि बढाउन प्रदेश नम्बर ४ मा अव प्रदेश स्तरको एकेडेमी स्थापना गर्नमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तै कलाकार प्राज्ञ नगेन सिहं ठकुरीले ‘नेपाल ललितकला डायमण्डको युग’ भनेर घोषणा गरेका छन् । पोखरा न्युरोड स्थित रिडर्स कर्नर ऐकेडेमीको हलमा प्राज्ञ नगेन सिहं ठकुरीका विभिन्न ३८ वटा उत्कृष्ट चित्रहरु प्रदर्शनमा रहेका छन् । तरेली सास्कृतिक परिवारद्वारा आयोजित कार्यक्रममा कलासगँ सम्बन्धित विभिन्न व्यक्तित्वहरुको सहभागीता रहेको थियो । साथै विभिन्न व्यक्तीलाई कार्यक्रममा सम्मान गरीएकोे छ ।

राज बहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन कलाकार तथा नृत्य निर्देशक घनश्याम पुनले गरेका थिए ।

You might also like

Comments are closed.