‘लाइफकेयर’मा तिजको विशेष अफर, मृगौलाको रक्तपरीक्षणमा १००% छुट, अन्य परीक्षणमा ४०%

पोखरा । लाइफकेयर डाइग्नोस्टिक प्रा.लि. (लाइफकेयर ल्याब) न्युरोड पोखराले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा विशेष छुटको अफर ल्याएको छ । गण्डकी प्रदेशको एकमात्र ‘क’ वर्गको ल्याब लाइफ केयरले तीजलाई मध्यनजर गरी भदौ महिनाभर लागु हुने गरी विशेष छुटको अफर ल्याएको हो ।

मृगौला सम्बन्धी रक्तपरीक्षण गर्दा प्रा.लि.ले महिलाहरुलाई शतप्रतिशत छुटको व्यवस्था गरेको छ । ४०० रुपैयाँ मूल्य लाग्ने उक्त परीक्षणमा शतप्रतिशत छुट प्रदान गर्दा धेरै महिलाहरु लाभान्वित हुने विश्वास लिइएको प्रा.लि.का सञ्चालक डा. अमर नागिलाले बताए । ‘तीजको विशेष अफरले धेरै महिलाहरु लाभान्वित हुनुहोस् भनेर अफर ल्याएका छौं,’ उनले भने ।

मृगौलाको परीक्षणमा शतप्रतिशत छुटको व्यवस्था गरेको प्रा.लि.ले भदौ महिनाभर लागु हुने गरी अन्य परीक्षणमा पनि ४० प्रतिशत छुटको व्यवस्था गरेको प्रवन्ध निर्देशक शुक्र कँडेलले जानकारी दिए । ‘सेवाग्राहीको हितलाई मध्यनजर गरी हामीले तीज अफर ल्याएका हौं,’ उनले भने ।

ल्याबले नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको नेशनल पब्लिक हेल्थ ल्याब्रोटरी (एनपिएचएल) बाट मान्यता प्राप्त गरेको छ । पोखरा विश्वविद्यालयमा प्रध्यापन गरिरहेका डा. अमर नागिलासहित विज्ञताको आधारमा ल्याब्रोटरी साइन्समा विद्यावारिधी गरेका डा. महेन्द्र भट्ट, डा. सुमन पौडेल, डा. सञ्जिवमणि रेग्मी लगायतका डाक्टरहरुको प्रत्यक्ष निरीक्षण तथा आबद्धतामा ल्याब सञ्चालनमा छ । लाइफकेयरमा सामान्यदेखि जटिल प्रकारका रक्त परीक्षण हुने भएकाले बिरामी तथा सेवाग्राहीको आकर्षण देखिएको नागिलाले बताए । २ हजार स्क्वायर फिटमा फैलिएको ल्याबमा २४ जना स्टाफ छन् ।

लाइफकेयरमा तीजको अवसरमा भदौभर विशेष छुटमा परीक्षण

लाइफकेयर डाइग्नोस्टिक प्रा.लि. (लाइफकेयर ल्याब) न्युरोड पोखरामा नै किन रक्तपरीण गर्ने ? प्रवन्ध निर्देशक शुक्रराज कँडेललाई सुन्नुहोस् ।

Gepostet von Arthik Awaj am Sonntag, 16. August 2020

You might also like

Comments are closed.