लाइफकेयरमा ‘होलबडी चेक’ गर्दा ४० प्रतिशत छुट

पोखरा । लाइफकेयर डाइग्नोस्टिक प्रा.लि. (लाइफकेयर ल्याब) न्युरोड पोखराले ‘होलबडी’ परीक्षणमा ४० प्रतिशत छुट अफर ल्याएको छ । कोभिड–१९ पछि सिर्जित विषम परिस्थितिलाई मध्यनजर गरी होलबडी परीक्षणमा विशेष अफर ल्याइएको ल्याबका सञ्चालक डा. अमर नागिलाले जानकारी दिए ।

ल्याबमा दुई वटा प्याकेजमा होलबडी चेकअप गर्न सकिन्छ । ‘सामान्य हेल्थ प्याकेज’ र ‘विशेष हेल्थ प्याकेज’ मा होलबडी परीक्षण गर्न सकिने म्यानेजिङ डाइरेक्टर शुक्रराज कँडेल जानकारी दिए ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको नेशनल पब्लिक हेल्थ ल्याब्रोटरी (एनपिएचएल) बाट मान्यता प्राप्त ल्याबमा विज्ञताको आधारमा ल्याब्रोटरी साइन्समा विद्यावारिधी गरेका ४ जना डाक्टरको प्रत्यक्ष निरीक्षण तथा आबद्धता छ । ल्याबमा २४ जना स्टाफ छन् ।

पोखरासहित गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट परीक्षणका लागि सेवाग्राही ल्याबमा आउने गरेको म्यानेजिङ डाइरेक्टर शुक्र कँडेलले जानकारी दिए । लाइफकेयर डाइग्नोस्टिक प्रा.लि. गण्डकी प्रदेशको एकमात्र ‘क’ वर्गको ल्याब हो ।

You might also like

Comments are closed.