लाइभ कन्सर्टको आकर्षण, सविन राईदेखि भिटेनसम्म (सन्दर्भ सडक महोत्सव)

योगेश भट्टराई
द्वितीय उपाध्यक्ष, रेवान पोखरा

यस वर्ष चलेका प्रायः सबै कलाकारहरु ल्याएका छौं । लाइभ कन्सर्ट साँझ ६ बजेदेखी शुरु हुन्छ । महोत्सवको पहिलो दिन स्थानीय व्याण्डहरुले प्रस्तुती दिनेछन् । त्यसदिन लेकसाइडकै विभिन्न बारहरुमा लाइभ प्रस्तुती दिदै आएका कलाबारहरुले दर्शकहरुलाई मनोरञ्जन दिनेछन् । दोश्रो दिनदेखी राष्ट्रिय स्तरका कलाकारहरुले प्रस्तुती दिनेछन् । यस वर्ष सविन राई, ¥यापर लाहुरेलगायतले प्रस्तुती दिनेछन् । महोत्सवको मूख्य दिन ¥यापर किङ्ग भिटेनले प्रस्तुती दिनेछन् ।

हामीले लाइभ कन्सर्ट मन पराउने युवा क्राउडलाई केन्द्रीत गरेर कलाकारहरु ल्याएका छौं । जो लाइभ कन्सर्टमा मस्त हुन चाहन्छन् उनीहरुका लागि यो अवसर हो । यसमा अधवैंशे तथा बृद्धबृद्धालेपनि मजा लिनसक्छन् । महोत्सव स्थलमै खानाका स्टलहरु रहेकाले खाँदै हेर्दै यसको भरपुर मनोरञ्जन लिन पाईन्छ ।

लाइभ कन्सर्टका लागि हामीले सुरक्षा चुस्त बनाएका छौं । कन्सर्ट स्थलमै सिसि क्यामरा राखेर त्यसको सुक्ष्म निगरानी गर्ने व्यवस्था मिलाएका छौं । त्यस्तै बर्दि पहिरिएका सुरक्षाकर्मीपनि बाक्लो रुपमा परिचालन भने बर्दि बिनाका सुरक्षाकर्मीका साथसाथै स्वयम्सेवकहरुपनि प्रशस्त मात्रामा खटिएका हुन्छन् । त्यसैले निर्धक्क भएर लाइभ कन्सर्ट हेर्न सकिने भएकाले यसको भरपुर उपयोग गर्न दर्शक महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछु ।

You might also like

Comments are closed.