लागूऔषध गाँजा सहित २ जना पक्राउ

पोखरा ।

पोखराको बिभिन्न स्थानमा लागूऔषध गाँजा बिक्रीबितरण, ओसारपसार हुने गरेको भन्ने गोप्य सुचनाको आधारमा २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय हंशपुर कास्कीबाट खटिएको गस्ति टोलीले चेकजाँचको गर्ने क्रममा पोखरा महानगरपालिका-२७ ज्यामिरेकुनाबाट उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २३ बर्षका सन्दिप बि.क र २९ बर्षका किशोर तिमिल्सिना रहेको प्रहरीले जनाएको छ । उनिहरुको
साथबाट २० ग्राम लागूऔषध गाँजा फेला परेको र सोधपुछका क्रममा घर समेत खानतलासी लिदा सन्दिप बि.क.को कोठाबाट १ किलो ४४० ग्राम लागूऔषध गाँजा फेला परेको जनाईएको छ ।

You might also like

Comments are closed.