लाभान्या लक्जरी आयुर्वेदाको सोरुम अब लेकसाइडमा

आर्थिक आवाज
पोखरा । जडिबुटीबाट तयार पारिएको नेपाली उत्पादन ‘लाभान्या’को सोरुम पोखरामा स्थापना भएको छ । अन्तर्राष्ट्रिय ब्राण्डको पहिचान बनाएको लाभान्या स्किन केयर प्रडक्ट हो । ‘लाभान्या लक्जरी आयुर्वेदा’मार्फत नेपालमा यो प्रडक्ट बिक्री हुँदै आइरहेको छ ।

युवा व्यवसायी सिर्जना कार्की भट्टराईले लेकसाइडस्थित सेन्टरपोइन्टमा सोरुम स्थापना गरेकी हुन् । सोरुमको हालै एक कार्यक्रमका बीच पूर्व मिस नेपाल माल्विका शुब्बाले उद्घाटन गरेकी हुन् । आयुर्वेदलाई आधुनिक प्रविधिमार्फत उत्कृष्ट अन्तर्राष्ट्रिय ब्राण्ड बनाउन सफल भएको लाभान्या लक्जरी आयुर्वेदाका सञ्चालक स्वेता उपाध्यायले जानकारी दिइन् ।

अध्ययनले इन्जिनियर भएपनि उनले नेपाली जडिबुटीलाई प्रशोधन गरी आयुर्वेदिक प्रडक्ट उत्पादन गर्ने व्यवसाय रोजिन् । जुन व्यवसायमा उनले अपेक्षा भन्दा बढी सफलता पाएकी छन् । लाभान्या आयुर्वेदा नेपाल उद्योगमार्फत यो प्रडक्ट उत्पादन हुँदै आइरहेको छ ।

सन् २०१२ मा काठमाडौंमा खुलेको यो उद्योगबाट उत्पादित लाभान्य ब्राण्ड नेपालमा मात्रै होइन अमेरिका र चीनमा पनि लोकप्रिय रहेको बताउँछिन् स्वेता । अमेरिकाको सान्फ्रान्सिस र चीनको कुन्मिङमा लाभान्यको बिक्री सोरुम छ ।

‘नेपाली र विदेशी दुवैको रोजाईमा लाभान्या पर्न सफल छ,’ उनले भनिन्, ‘माग अनुसारको उत्पादन पुु¥याउन सकेकै छैनौं ।’ पोखरा पर्यटकीय नगरी भएकाले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी लाभान्याको सोरुम स्थापना गरिएको उनले जानकारी दिइन् । ‘सोरुम बाहेक नेपालका केही उत्कृष्ट होटलहरुलाई लाभान्याका उत्पादन उपलब्ध गराउँदै आइरहेका छौं,’ उनले भनिन् ।

छालालाई स्वास्थ्य राख्न तथा चमक बनाउन यो प्रडक्ट लोकप्रिय रहेको स्वेता बताउँछिन् । ‘जडिबुटीको प्रयोगबाट तयार पारिएकाले छालालाई कुनैपनि असर गर्दैन,’ उनले भनिन्, ‘उत्कृष्ट गुणस्तरका कारण लाभान्या धेरेको रोजाईमा पर्न सफल छ ।’ पोखरा क्षेत्रमा लाभान्यको प्रयोगमा उपभोक्ताको आकर्षण देखिनेमा आफू विश्वस्त रहेको पोखरा शाखाका सञ्चालक भट्टराईले जानकारी दिइन् ।

You might also like

Comments are closed.