पोखरा, १ भदौ
महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा संचालन हुने लामाचौर तीज महोत्सव एवम् राष्ट्रिय महिला भलिवल प्रतियोगिताको तयारी तिव्र पारिएको छ ।
नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा सञ्चालन हुने उक्त महोत्सव आगामी भदौं २३ गते देखि शुरु हुनेछ । भदौं २७ गतेसम्म संचालन हुने उक्त महोत्सवको तयारि तिव्र पारिएको विहिबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको हो ।
समाजको २२ औं बार्षिकोत्सवको अवसरमा आयोजना हुने उक्त महोत्सव पोखरा लामाचौरमा रहेको इन्द्रराज्य लक्ष्मी माविको परिसरमा संचालन हुने समाजका अध्यक्ष बमबहादुर गुरुङले बताए । “मौलिक संस्कृतिको जगेर्ना गरौं” भन्ने उद्घोषका साथ आयोजना हुने उक्त महोत्सवमा सांस्कृतिक तथा खेलकुदको माध्यमबाट आन्तरिक तथा बाह्यि पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने समाजका अध्यक्ष गुरुङले बताए ।
महोत्सवबाट बचत हुने रकम समाजले संचालन गर्दै आएको एम्बुलेन्स तथा शव वहान सेवामा खर्च गरिने भएको पुर्व अध्यक्ष एवं आकस्मिक सेवा संयोजक संजयकुमार अधिकारीले बताए ।
महोत्सवमा मनोरञ्जनको निम्ति राष्ट्रिय कलाकारहरूः सम्झना भण्डारी, काजल गुरुङ, नेत्रपाणि बास्तोला, बबिता बानियाँ जेरी, प्रीती आले, मञ्जु पौडेल, खुमन अधिकारी, दिपक खड्का, रामजी पौडेल, चोलेन्द्र पौडेल, बसन्त थापा, ज्योति लोहोनी, चन्द्र शर्मा, शंकर विरही गुरुङ, प्रदिप त्रिपाठी, कृष्ण भण्डारी लगायत अन्य थुप्रै राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुती रहनेछ । महोत्सवलाई थप मनोरञ्जन प्रदान गर्नका निम्ति हाँस्यकलाकारहरूबाट पनि हाँस्य व्यङ्ग्य प्रहशन प्रस्तुत आयोजकले बताएको छ ।
भलिवल प्रतियोगितामा ७ टिमको सहभागिता
उक्त महोत्सवको अवसरमा भदौ २५ गतेदेखि संचालन हुने राष्ट्रिय महिला भलिवल प्रतियोगितामा यस बर्ष तिन विभागिय सहित ७ टिमको सहभागिता हुने भएको छ । उक्त प्रतियोगितामा विभागिय एपिएफ सहित नेपाल प्रहरी, नेपाली सेना, काठमाण्डौंको न्यू डाईमण्ड एकेडेमी, जाउलाखेल भलिवल प्रशिक्षण केन्द्र, चितवनको चितवन टाइगर र पोखराको टप्स बोर्डिङ स्कुल गरी ७ टिमको सहभागिता हुने पक्का भएको खेल संयोजक शुसिल कुमार श्रेष्ठले बताए ।
उक्त प्रतियोगिताको डिफेण्डिङ च्याम्पियन सशस्त्र प्रहरी वलको एपिएफ हो । पश्चिमाञ्चलको टिमका केहि खेलाडी टप्सबाट खेल्दै छन भने नेपालकै उपकप्तान मन्जु गुरुङ हातमा चोट र अर्की खेलाडी अरुणा साहीको खुट्टामा चोट लागेका कारण् यस पटक मैदानमा उर्तिन नसक्ने भए पनि पश्चिमाञ्चलको टीले सहभागिता गराउन नसकेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं केन्दिख्रय भलिवल संघका उपाध्यक्ष यमबहादुर गुरुङले बताए । उनले भने “ पछिल्लो समयमा पश्चिमाञ्चलको भहिला भलिवलको टीम खस्केकै हो, नयाँ खेलाडी आएका छैन, भएका धेरै खेलाडी विदेश पलायन भए, खेलेर बाच्न आधार नहुदा पश्चिमाञ्चलमा महिला भलिवल खेलाडीको खडेरी लागेको हो । ”
आयोजकका अनुसार प्रतियोगितामा विजेता टिमले एक लाख रुपैयाँ र दोश्रो हुनेले ६५ हजारको साथमा ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्ने भएको संयोजक श्रेष्ठले जनाए । प्रतियोगितामा तेश्रो हुनेले २५ हजार, चौथो हुनेले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । राष्ट्रिय महिला भलिवल प्रतियोगिताको क्रेजसँगै यस वर्ष पुरस्कारमा राशीमा बृद्धि गरिएको हो । विजेतालाई यस बर्ष २४ हजार ९ सय १, उपविजेतालाई १४ हजार ९ सय ४ रुपैयाँ बृद्धि भएको हो ।
यस महोत्सवकै उत्कृष्ट कार्यक्रमको रूपमा रहेको राष्ट्रिय महिला भलिवल प्रतियोगितामा दर्शकको सुव्यवस्थित अवलोकन सहजता हेतु करिव ५ हजार क्षमताको कृत्रिम प्याराफिटको निर्माण गरिनेछ । त्यसैगरी यस प्रतियोगिता अन्तर्गत वेष्ट प्लेयर, वेष्ट क्वीकर, वेष्ट लिवेरो, वेष्ट स्पाइकर, वेष्ट ब्लकर, वेष्ट सर्भर, वेष्ट डिफेन्डर र वेष्ट कोच जस्ता विधा मार्फत व्यक्तिगत उत्कृष्टतालाई पुरस्कृत गरिनेछ ।
तीज गीत प्रतियोगिता अन्तर महिला समूह प्रथम पुरस्कार नगद २५ हजार, द्वितीय पुरस्कार १५ हजार, तृतीय पुरस्कार १० हजार, सान्त्वना पुरस्कार ५ हजार र प्रत्येक सहभागी समूहलाई दुई हजार रुपैयाँ प्रदान गरिने छ भने अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता प्रथम पुरस्कार २५ हजार, द्वितीय १५ हजार, तृतीय १० हजार र सान्त्वना तीन समूहलाई प्रति समूह तीन हजार रुपैयाँ प्रदान गरिनेछ ।
अपाङ्गता भएकाको प्रोत्साहन र समाजको समदृष्टि विकास हेतु पहिलो चोटी यस संस्थाले प्रथम बहिरा नृत्य प्रतियोगिता संचालन गर्न गइरहेको छ । जहाँ प्रथम हुनेले नगद १० हजार, द्वितीय हुनेले नगद ७ हजार र सान्त्वना तीन समूहलाई प्रति समूह नगद तीन हजार रुपैयाँले पुरस्कृत गरिनेछ ।
त्यसैगरी अन्तर महिला समूह नृत्य प्रतियोगिता प्रथम पुरस्कार १० हजार, द्वितीय ७ हजार र सान्त्वना तीन समूहलाई तीन हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिनेछ । र खुल्ला युगल नृत्य प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार, द्वितीय ७ हजार, सान्त्वना तीन समूहले प्रति समूह नगद तीन हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
महोत्सव संचालन अवधिभर कूल खर्च अक्षरुपी चालिस लाख पन्ध्र हजार छ सय रुपैयाँ लाग्ने हुने अनुमान आयोजकको अनुमान छ । संस्थाको योजना मुताविक कार्यक्रम सफल भएमा उल्लेख्य रकम बचत हुने र सो रकमले संस्थाको श्रीवृद्धि, विकास र अन्य मानवीय सामाजिक सेवाका क्षेत्रमा खर्च गरिने प्रचारप्रसार उपसमितीका संयोजक धर्ममानसिंह भण्डारीले बताए ।
लामाचौर तीज महोत्सव एवम् राष्ट्रिय महिला भलिवल प्रतियोगिताको तयारी तिव्र
तीज पर्वको अवसरमा महिलाहरुको खेलकुदको क्षेत्रबाट सशक्तिकरण गर्दै खेलकुद क्षेत्रको विकास गराउने उद्धेश्यले विभिन्न खेलकुद प्रतियोगितालाई निरन्तरता दिदै आएको भण्डारीले दाबी गरे ।
उक्त महेत्सवको प्रवद्र्धन गर्न आज र भोलि वडा स्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ । वडा नम्बर १६ र १९ बिच उक्त प्रतियोगिता हुने भएको हो ।