पोखरा ।
नव आदर्श सामुदायिक विकास समाजद्वारा बार्षिक रुपमा नेपाली महिलाहरुको महानपर्व हरितालिका तीजको अवसरमा आयोजना हुदै आएको लामाचौर तीज महोत्सव स्थगित भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण महोत्सव स्थगन हुने भएको हो ।
यस संस्थाले विगत २३ वर्ष देखि भाद्र शुक्लपक्षका दिन आफ्नो वार्षिक उत्सवको अवसर पारी श्री इन्द्र राज्यलक्ष्मी मा.विको प्राङ्गणमा ५ दिन सम्म उक्त महोत्सव संचालन गर्दै आएको थियो । यस वर्ष कोरोना भाइरसका कारण नेपाल सरकारद्वारा जारी गरिएको निर्देशिकाको पालन गर्न र यसको प्रत्यक्ष असर सहयोगी दाताहरुलाई समेत परेको हुनाले यस वर्ष महोत्सव स्थगन गरिएको समाजका सचिव दिनेश भण्डारीले जानकारी दिए ।
२४ औं वर्ष सम्म आइ पुग्दा महोत्सवमा विभिन्न तवर,तरिकाले सहयोग गर्ने संघ–संस्था, उद्योगी÷व्यापारी, सामाजिक प्रतिष्ठान, क्लब, आमा समूह, स्वयंम सेवक, संस्थाका सम्पूर्ण सदस्य तथा सहयोगी मनहरु प्रति धन्यवाद दिदैँ आगामी वर्षदेखि पुनः महोत्सवले निरन्तरता पाउने संस्थाका अध्यक्ष कमल बहादुर थापाले बताए । खेलकुद व्यवस्थापन उपसमितीका संयोजक एवम् संस्थाका पूर्व अध्यक्ष सुशीलकुमार श्रेष्ठ यस वर्ष राष्ट्रिय महिला भलिबल तथा अन्तर मा.वि छात्रा भलिबल प्रतियोगिता स्थगन गनु परेकोमा दुःख व्यक्त गरे । यसबाट खेलाडी प्रतिभा प्रष्फुटन, खेल कौशलता देखाउने मौकाबाट बञ्चित र नव प्रतिभालाई स्थान दिन नसकेको क्षमा याचना गरे । समाजले उक्त महोत्सवमा अन्तर मा.वि नृत्य प्रतियोगिता, तीज गीत तथा नृत्य प्रतियोगिता तथा विभिन्न साँस्कृतिक कार्यक्रमहरु गर्दै आएको थियो ।
उक्त महोत्सव विगत २ दशकदेखि लामाचौर क्षेत्रको गौरव र पहिचान बनेको थियो भने यस क्षेत्र आसपासका पर्यटकीय स्थलको चिनारिमा थप टेवा समेत पु¥याएको थियो ।
नव आदर्श सामुदायिक विकास समाज सामाजिक क्षेत्रमा अग्रणी एक गैह्र नाफामुलक संस्था हो । २०५४ सालमा स्थापित यस संस्थाले ४ वटा एम्बुलेशन तथा शववाहानबाट २४ घण्टा सेवा प्रदान गरिरहेको छ । बुद्धाहरुको लागि दिवा सेवा कक्ष समेत सञ्चालन गरेको यस संस्थाकै मातहतमा खेलकुद क्षेत्रमा थप टेवा पु¥याउनको लागि पोखरा महानगरपालिका वडा नंं.१९ स्थित गोस्तेघाटमा खेलमैदान निर्माणधिन अवस्थामा रहेको छ भने आफ्नो भवनमा कौशिला ज्ञान विज्ञान पुस्तकालय समेत निर्माण अन्तिम चरणमा पुगेको छ ।
Comments are closed.