लामो, छोटो दूरीका यातायात र शिक्षण संस्था भदौ मसान्तसम्म बन्द

काठमाडौं – सरकारले लामो तथा छोटो दूरीको यातायातका साधन र शिक्षण संस्था आगामी भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले सञ्चारमाध्यमलाई जानकारी दिए ।
यसअघि सरकारले भदौ १५ गतेसम्मका लागि यातायात र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो । तर, कोरोना संक्रमणको जोखिम कायमै रहेकाले अवधि लम्ब्याउने निर्णय गरेको हो ।

गत साउन ५ गतेको मन्त्रिपरिषद् बैठकले १२० दिन लामो लकडाउन अन्त्य गरे पनि केही क्षेत्र अझै खुलाएको छैन ।
पछिल्लो दिनमा स्थानीय निकायलाई यो अधिकार दिए पछि धेरै स्थानमा निषेधाज्ञा लागू गरिएको र जनजीवन ठप्प प्रायः छ ।

You might also like

Comments are closed.