‘लामो समयको अनुभव नै नोभाको सफलता हो’

 

सवी शेरचन
प्रवन्ध निर्देशक
नोभा कम्प्युटर एण्ड ल्याङग्वेज इन्स्टिच्युट, महेन्द्रपुल पोखरा

पोखराको महेन्द्रपुलमा १५वर्ष अगाडिबाट सञ्चालित नोभा कम्प्युटर एण्ड ल्याङग्वेज इन्स्टिच्युटले कम्प्युटर कक्षासँगै जापानीज भाषा कक्षा सञ्चालन गरिरहेको छ । विद्यार्थीलाई परामर्श सेवा समेत प्रदान गरिरहेको नोभाका प्रवन्ध निर्देशक सवी शेरचनसँग जापानको लामो समयको अनुभव समेत छ । यसै प्रसंगमा नोभाका विशेषता तथा नोभाका सेवाहरुमा केन्द्रित रहेर प्रवन्ध निर्देशक शेरचनसँग आर्थिक आवाजका लागि रविना ढकालले गरेको कुराकानीः

नोभा कम्प्युटर एण्ड ल्याङग्वेज इन्स्टिच्युट कस्तो संस्था हो ?

स्थापना कालमा जापानीज भाषा र कम्प्युटर इन्स्टिच्युटबाट नोभा कम्प्युटर एण्ड ल्याङग्वेज इन्टिच्युट शुरु भएको हो । अहिले जापानीज, कोरियन, अङ्ग्रेजी भाषाको कक्षासँगै कम्प्युटर कक्षा संचालनको भइरहेका छन् । नोभा २०६१ सालमा स्थापना भएको हो । सुमेश शेरचनले यसको स्थापना गर्नुभएको हो । धेरै चुनौतीको सामना गर्दै नोभा अहिलेको अवस्थामा आइपुगेको छ । बिगतबाट हामीले धेरै पाठ सिकेका छौं । त्यती बेलाको समयमा महेन्द्रपुलमा कुनै इन्स्टिच्युट थिएनन् । अहिले नोभा धेरै राम्रो छ । विद्यार्थीको रोजाईमा पर्न सफल छ । पोखरा मात्र नभई काठमाडौंबाट पनि सेवा प्रदान गरिरहेका छौं । काठमाडौंको पुतलीसडकमा पनि नोभाको कार्यालय छ । विद्यार्थीको विश्वास जित्न सफल हुनु नै नोभाको सफलता हो ।

नोभा संचालन गर्ने सोच कसरी आयो ?
म आफै १० वर्ष जापानमा बसेर आएको हुँ । म सगँ अनुभव पनि छ । जापानमा नोभा इङ्लिस ल्याङ्ग्वेज इन्स्टिच्युट मैले देखेको थिए । यसबाट म प्रभावित भए । त्यसपछि, नेपालमा इन्स्टिच्यूट सञ्चालन गरेर जापानमा नेपाली विद्यार्थी पठाउन सकियो भने नयाँ ज्ञान, सिप, प्रविधि सिकेर आएर नेपालमा नै केही गर्न सक्ने अवस्था छ भन्ने लाग्यो । जापानबाट सिकेर आउनुपर्ने कुरा धेरै छन् । हामीले नोभाबाट विद्यार्थी पठाउन पनि शुरु ग¥यौं । हाम्रो फोकस जापानीज भाषा हो । तर, यससँगै कोरियन भाषा, अङ्ग्रेजी भाषा तथा कम्प्युटर कक्षा पनि संचालन गरेका छौं ।

विद्यार्थीबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
हामीले धेरै विद्यार्थी जापान अध्ययनको लागि पठाएका छौं । हामीले पठाएका विद्यार्थीबाट सकारात्मक प्रतिक्रिया आएको छ । विद्यार्थीले राम्रो गरेको सुन्दा खुसी लाग्छ । विद्यार्थी सन्तुष्ट छन् । विद्यार्थी सफल र सन्तुष्ट हुनु नै हाम्रो लागि खुसीको कुरा हो । आफ्नो क्षमता र दक्षता अनुसार सफल भएका छन् । यसमा हामीले गर्व गरेका छौं । जापानबाट फर्केर आएकालाई हामीले प्रशिक्षक (सेन्से) बनाएका छौं । हामी जुन उद्देश्य लिएर अगाडि बढेका थियौं, सो उद्देश्य प्राप्त गर्न सफल छौं ।कतिपय विद्यार्थी उतै सेटल पनि भएका छन् ।

म आफै जापान बसेर आएको हुनाले धेरै कुराको जानकारी छ । त्यहाँको नीति नियम कस्तो छ ? कसरी अध्ययन गर्ने ? काम कसरी गर्ने ? हामी सिकाउँछौं । मैले आफूले देखेर तथा भोगेर आएका कुरा तथा अनुभव विद्यार्थीलाई बाँड्ने गरेको छु । जापान गएर अध्ययन गरेर नेपालमा फर्केर आफूले जानेका तथा सिकेका कुरा अरुलाई पनि सिकाउने तथा आफ्नो क्षमता तथा दक्षता प्रदर्शन गर्न सकेमा अझै राम्रो हुन्छ ।

कति लगानीबाट नोभा शुरु गर्नुभयो ?
शुरुवातको समयमा करिव १२ लाख रुपैयाँ लगानी गरेका थियौं । समय सापेक्ष रुपमा परिमार्जन गर्दै ल्याएका छौं र लगानी पनि बढिरहेको छ । आवश्यकता अनुसार कक्षाकोठा व्यवस्थापन गरेका छौं । कम्प्युटरको लागि छुट्टै ल्याब छ । विभिन्न भाषाका लागि फरक फरक कक्षाकोठा छन् । स्क्रिनिङ मार्फत सिकाउँछौं । विद्यार्थीको चाहना तथा रुची र स्तर अनुसारको विषय छनोट गर्न हामी सघाउँछौं ।

सामाजिक क्षेत्रमा कसरी काम गर्नुभएको छ ?
नोभा कम्प्युटर एण्ड ल्याङग्वेज इन्स्टिच्युटले विभिन्न सामाजिक काम पनि गर्दै आएको छ । विभिन्न विद्यालयमा कम्प्युटर प्रदान गरेको छ । आमा समूहलाई कम्प्युटर तालिम दिएका छौं । दृष्टिविहिनलाई लक्षित गरेर समय समयमा कम्प्युटर कक्षा पनि संचालन गर्दै आएका छौं । अहिलेको सूचना तथा प्रविधिको युगमा सबैलाई सहज हुनुपर्छ भने समय समयमा गृहिणीलाई पनि कम्प्युटर तालिम प्रदान गर्दै आइरहेका छौं । हामी कम्प्युटर एशोसिएन र ल्याङ्ग्वेज एशोसिएसनमा पनि आवद्ध छौं । यसबाट पनि हामीले धेरै कुरा बुझ्ने मौका पाएका छौं । इन्स्टिच्युट संचालनमा पनि सहज भएको छ ।

नोभा कम्प्युटर एण्ड ल्याङग्वेज इन्स्टिच्युटमा के कस्ता कोर्ष संचालन भएका छन् ?
जापानीज भाषाका कोर्षमा तयारी कक्षा, न्याट टेष्ट, टप जे, जेएलपिटी, पि.जे. सीका कोर्ष रहेका छन् । कोरियन भाषाको इपिएस टपिकको कक्षा छ । कम्प्युटर एप्लिकेसनको प्रोफेसनल कोर्ष, डिप्लोमा कोर्ष, ग्राफिक्स डिजाइनिङ, वेव डिजाइनिङ, एकाउन्टिङ प्याकेज, कम्प्युटर हार्डवयर कोर्ष लगायतका कोर्ष संचालन भएका छन् । अङ्ग्रेजी अन्तर्गत प्रिवेसिक तथा वेसिक इङ्लिस कोर्ष, इन्टरमिडिएट इङ्लिस ल्याङ्ग्वेज, एडभान्स इङ्लिस कोर्ष छन् ।

You might also like

Comments are closed.