पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले लामो समयसम्म निशेधाज्ञा लागु गर्ने पक्षमा आफू नरहेको बताएका छन् । जनताको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकता मानेर निशेधाज्ञा लागु गरिएको बताउँदै जिसीले भदौ १२ गतेपछि त्यसको विकल्प खोज्ने तयारी भएको बताए ।
आर्थिक आवाजसँग विशेष कुराकानी गर्दै मेयर जिसीले १२ गतेसम्म लागु भएको निशेधाज्ञाको पूर्ण पालना गर्न महानगरबासीहरुलाई आह्वान गरेका छन् । ‘लामो समयसम्म निशेधाज्ञा गर्ने पक्षमा हामी छैनौं,’ उनले भने ।
भोलि अप्ठ्यारो पर्दा पनि निशेधाज्ञा लागु गर्न नपर्ने गरी तयारी गरिरहेको समेत उनले बताए । निशेधाज्ञाको विकल्पका सन्दर्भमा विज्ञहरुसँग छलफल र गृहकार्य गरिरहेको बताउँदै उनले १३ गतेबाट निशेधाज्ञा नहुनेतर्फ संकेत गरे ।
कोरोना नियन्त्रणको अभियानामा महानगरले पर्याप्त तयारी गरिरहेको उनले बताए । ‘१४० बेडको आइसोलेसन तयार भइसकेको छ,’ उनले भने, ‘सय वटा बेड थप्ने तयारीमा महानगर छ ।’ कोरोना नियन्त्रणको अभियानमा आम नागरिकको साथ आवश्यक रहेको बताउँदै मेयर जिसीले सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिका पालना गर्न आग्रह गरे ।
मेयर जिसीसँगको अन्तर्वार्ताः
मानबहादुर जिसी, मेयर-पोखरा महानगरपालिका ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीसँगको प्रत्यक्ष संवाद ।
Gepostet von Arthik Awaj am Sonntag, 23. August 2020
Comments are closed.