लामो समय लकडाउन हुँदा नेपालको अर्थतन्त्रमा धेरै नकारात्मक प्रभाव

काठमाडौं । लामो समयसम्म लकडाउन हुँदा नेपालको अर्थतन्त्रमा धेरै नकारात्मक प्रभाव परेको ‘हेल्थ एट होम’का प्रमुख कार्यकारी अधिकृत डा. विशाल ढकालले बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिद्वारा आयोजित ‘अर्थ व्यवस्था पुनः प्राप्त गर्ने पथ’ विषयक अन्तरक्रियामा आफ्नो भनाइ राख्दै ढकालले कोरोनासँग जुध्दै आर्थिक क्षेत्रलाई चलायमान बनाउनुपर्ने धारणा राखे ।

केही स्वास्थ्य विज्ञहरुको सुझावकै कारण लामो समयसम्म लकडाउन गरिएको भन्दै उनले उक्त निर्णय गलत भएको कारण राखे । सुरक्षित भएर आर्थिक गतिविधि अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

हेल्थ एट होमका प्रमुख कार्यकारी अधिकृत डा. विशाल ढकाल

नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिद्वारा आयोजित ‘अर्थ व्यवस्था पुनः प्राप्त गर्ने पथ’ विषयक अन्तरक्रियामा आफ्नो भनाइ राख्दै हेल्थ एट होमका प्रमुख कार्यकारी अधिकृत डा. विशाल ढकाल ।

Gepostet von Arthik Awaj am Mittwoch, 16. September 2020

lcci
You might also like

Comments are closed.