आर्थिक आवाज
पोखरा, १४ फागुन । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको सातौं राष्ट्रिय महाविधेशन आगामी वैशाख १३ र १४ गते पोखरामा हुने भएको छ । वर्तमान डिष्ट्रिक्ट गभर्नर अशोक कुमार श्रेष्ठले उक्त मितिमा महाधिवेशन गर्ने गरी ‘कन्भेन्सन कल’ गरेका छन् ।
गभर्नर श्रेष्ठले कन्भेन्सन कल गरेसँगै डिष्ट्रिक्टको चुनावी माहोल बढेको छ । महाधिवेशनमा वर्तमान फस्ट भाइस गभर्नर ईन्दु लम्सालले आगामी लायन वर्षको गभर्नर पदका लागि र वर्तमान सेकेण्ड भाइस गभर्नर मनबहादुर रोकाले फस्ट भाइस भगर्नरका लागि ‘यस’ मत लिनुपर्नेछ ।
सेकेण्ड भाइस गभर्नरमा भने दुई पक्षबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । लायन्स लिडर विशेश्वर आचार्य र ध्रुवबहादुर श्रेष्ठले सेकेण्ड भाइस गभर्नरमा प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन् । चुनाव एउटा प्रक्रिया भएकाले स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने गभर्नर अशोककुमार श्रेष्ठले बताए । ‘सकेसम्म सर्वसम्मत बनाउन प्रयास भइरहेको छ र भइरहनेछ,’ उनले भने, ‘प्रतिस्पर्धा नै भयो भनेपनि स्वच्छ प्रतिस्पर्धा गरेर मतदाताहरुको मन जित्ने अधिकार सम्पूर्ण उम्मेदवारहरुलाई रहन्छ ।
Comments are closed.