लायन्सको अन्तरक्लब क्विज सुरु

पोखरा, १६ माघ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको आयोजनामा पोखरा क्षेत्रका रिजन अन्तगर्तत इन्टर लायन्स क्विज प्रतियोगिताको फाइनल राउण्ड सुरु भएको छ । जोन र रिजनबाट उत्कृष्ट भएर १४ वटा क्लब प्रतियोगितामा सहभागी भएको डिष्ट्रिक्टका चिफ पिआरओ परमेश्वर बरालले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी राम बसेलले डिष्ट्रिक्टको वार्षिक कार्यक्रम अन्तर्गत क्विज आयोजना गरिएको बताए । ‘प्रतियोगिताले लायन्स साथीहरुमा अध्ययनको चासो बढाएको छ ।’

क्विज कन्टेष्ट कमिटि चेयरपर्सन विष्णु बरालको सभापतित्वमा आयोजित प्रतियोगिताको उद्घाटन कार्यक्रममा डिपार्टमेन्ट चिफ तीर्थलाल श्रेष्ठ, रिजन चियरपर्सन कृष्णराज आचार्यले लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.