लायन्सको पहिलो पदस्थापन शुक्रबार

पोखरा । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपाल अन्तर्गतको क्लस्टर नं. २४ अन्तर्गतका क्लबहरुको पदस्थापन साउन १० गते शुक्रबार हुने भएको छ । क्लस्टर अन्तर्गतका सम्पूर्ण क्लबहरुको पदस्थापन एस.आर. केसी ब्याङक्युट माटेपानीमा संयुक्त रुपमा हुने क्लस्टर प्रमुख शिवराज आचार्यले जानकारी दिए ।

क्लस्टर अन्तर्गत ३ वटा रिजन, ६ वटा जोन र २६ वटा क्लब छन् । डिष्ट्रिक्ट गभर्नर इन्दु लम्सालले सम्पूर्ण क्लबहरुको संयुक्त पदस्थापन गराउने कार्यक्रम रहेको आचार्यले जानकारी दिए । ‘कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ,’ उनले भने ।

लायन वर्ष २०१९÷२० को पदस्थापन कार्यक्रम मध्य नेपालकै पहिलो पटक पोखरामा हुन लागेको हो । क्लस्टर नम्बर २४ अन्तर्गत स्याङजा, गल्याङ र वालिङ क्षेत्रका क्लबहरु पनि समावेश छन् ।

You might also like

Comments are closed.