लायन्सको महाधिवेशनमा मन र मणिको प्रतिस्पर्धा, लिडरहरु दुईधारमा बिभाजित

पोखरा, ५ वैशाख । यही वैशाख ७ र ८ गते पोखरामा हुन लागेको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको छैटौं महाधिवेशन मिति नजिकिएसँगै प्रतिस्पर्धीहरुले चुनावी अभियानलाई तिब्र बनाएका छन् । विशेष गरी सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदका

लागि दुई जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएपछि चुनावी अभियानले तिब्रता पाएको हो ।

उम्मेदवार मन रोका र मणिश्री रत्न बज्राचार्यले आ–आफ्ना सहयोगीका साथमा चुनावी अभियानलाई तिब्रता दिइरहेका छन् । दुवैले लायन्स क्लब तथा लायन सदस्यहरुका बिचमा प्रचार–प्रसार गरिरहेका छन् । सामाजिक सञ्चालमा पनि पक्ष र विपक्षमा वहस गर्दै लायनहरुले चुनावी प्रचार प्रसार गरिरहेका छन् ।

चुनावी मिति नजिकिएसँगै क्लब तथा लायन्स लिडरहरु पनि पक्ष र विपक्षमा खुल्ने क्रम बढेको छ । पूर्व मल्टिपल काउन्सिल चियरपर्सन, पूर्व गभर्नरदेखि डिष्ट्रिक्टका प्राय लायन लिडरहरु पक्ष र विपक्षमा लागेका छन् । कतिपयले खुलेर आ–आफ्नो पक्षका उम्मेदवारलाई भोट मागिरहेका छन् भने कतिपयले गोप्य रुपमा लबिङ गरिरहेका छन् । दुई पक्षबीचको चुनावी अभियानले लायन्सभित्र बिभाजन ल्याउने त होइन भन्ने प्रश्न समेत उठेको छ ।

मणिश्री अघिल्लो पटक ईन्दु लम्सालसँग द्वित्तीय गभर्नरमा उम्मेदवार बनेर पराजित भएका थिए भने मन रोका चिफ एडभाइजर हुँदै पहिलो पटक गभर्नरको लाइनमा आउन प्रतिस्पर्धामा उत्रिएका छन् । मन र मणि दुवैले आफूले चुनाव जित्ने दावी गरेका छन् । पोखरा सभागृह हलमा हुने महाधिवेशन अन्तर्गत ७ गते उद्घाटन र ८ गते मतदान हुँदैछ ।

You might also like

Comments are closed.