पोखरा, २७ फागुन । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको आयोजनामा तनहुँको बन्दिपुरमा लायन्स लिडरसिप इन्स्टिच्युट (एलएलआई) ट्रेनिङ सम्पन्न भएको छ । लायन्सका क्लब अध्यक्ष तथा अध्यक्षको तयारीमा रहेका उपाध्यक्षहरु सहभागी तालिम व्यक्तित्व र नेतृत्व विकाससँग सम्बन्धित थियो ।
फागुन २४ देखि २६ गतेसम्म आयोजित तालिममा ६१ जना सहभागी रहेको डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठले जानकारी दिए । ‘लायन्स क्लबको नेतृत्व तहमा रहेकाहरुका लागि एलएलआई तालिम निकै महत्वपूर्ण मानिन्छ,’ उनले भने ।
डिष्ट्रिक्टले दोस्रो चरणको एलएलआई ट्रेनिङ सम्पन्न गरेको हो । यस अगाडि मंसिरमा आयोजित ट्रेनिङमा ८४ जनाले तालिम लिएको डिष्ट्रिक्टका चिफ पब्लिक रिलेसन अफिसर परमेश्वर बरालले जानकारी दिए । भिजिनरी नेपालका प्रमुख कार्यकारी अधिकृत ईन्द्र गुरुङको नेतृत्वमा रहेको टोलीले सहभागीहरुलाई प्रयोगात्मक प्रशिक्षण प्रदान गरेका थिए ।
यसैबीच, तालिमको समापन कार्यक्रम आइतबार सम्पन्न भएको छ । डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा लायन्स लिडरहरु राजन लम्साल, ध्रुवबहादुर थापा, फस्ट भाइस गभर्नर ईन्दु लम्साल, सेकेन्ड भाइस गभर्नर मनबहादुर रोका, पास्ट मल्टिपल काउन्सिल चियरपर्सन प्रेमबहादुर श्रेष्ठ, क्याबिनेट सेक्रेटरी राम बसेल, चिफ एडभाइर ध्रुवबहादुर श्रेष्ठ, कोचिफ एडभाइजर मनिश्री रत्न बज्राचार्य, डिपार्टमेन्ट चिफ हेमराज सुवेदी, मुख्य प्रशिक्षक ईन्द्र गुरुङ लगायतले बोलेका थिए ।






Comments are closed.