लायन्सको सहयोगमा आदिकविमा विज्ञान प्रयोगशाला बन्दै

तनहुँ,६ चैत

तनहुँको व्यास–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा लायन्स क्लब इन्टरनेशनल फन्ड (एलआईसीएफ)को सहयोगमा विज्ञान प्रयोगशाला निर्माण गरिने भएको छ ।
एलआईसीएफको १ करोड, १२ लाख आर्थिक सहयोग, क्याम्पस र समुदायको करिव २ करोड ४० लाखको लागतमा क्याम्पसमा विज्ञान प्रयोगशाला निर्माण गर्न लागिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए । उनका अनुसार ४ तले पक्की उक्त भवनमा २४ कोठा रहने छन् । ०७६ फागुन भित्र भवन निर्माण सम्पन्न गर्ने गरी व्यास २ स्थित वेलु निर्माण कम्पनिले भवन निर्माणको जिम्मा लिएको छ ।

क्याम्पस हाताभित्र निर्माण गरिने उक्त प्रयोगशाला भवन बुधवार एक कार्यक्रमका बीच लायन्स क्लब अफ नेपाल ३२५ बी १ का डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठले शिलान्यास गर्दै विकासको मुद्धामा सबैको मत एकै हुनुपर्नेमा जोड दिए । समुदायका सबैले राजनीतिक आग्रह पूर्वाग्रह त्यागी बिकासमा लाग्ने हो भने समृद्धि टाढा नरहेको उनको भनाई थियो । आफ्नो ठाँउको विकासका लागी स्थानीय आफैँ जागरुक हुनुपर्ने उनको धारणा थियो। आदिकविमा विज्ञान प्रयोगशाला बनाउने सम्बन्धमा ३ वर्षदखी देखी निरन्तर रुपमा गरिएको प्रयास आफ्नो कार्यकालमा सफल भएको भन्दै श्रेष्ठले खुशी व्यक्त गरे । उच्च शिक्षाको विकासका लागि लायन्सहरुले क्याम्पसको पुर्वाधार निर्माणमा समेत योगदान गरेको स्मरण गर्दै श्रेष्ठले अन्तराष्ट्रिय आर्थिक सहायता जुटाउन सकेकोमा गौरवको अनुभुति भएको बताए ।

त्यस्तै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले क्याम्पस र लायन्स बीचको सम्बन्ध पुरानो भएको चर्चा गर्दै लायन्सकै ५० हजार डलर आर्थिक सहयोगबाट क्याम्पसको मुल शैक्षिक भवन निर्माण गरेको स्मरण गरे । लायन्स र आदिकवि अन्तर सम्बन्धित भएकाले आगामी दिनमा पनि समन्वय र सहकार्य गरी अगाडि बढ्न उनले सुझाव दिएका थिए ।
साथै व्यास नगरपालिकाले क्याम्पसमा विविए कार्यक्रमको पुर्वाधार निर्माण, परिक्षा हल निर्माण, चौतारो निर्माण र छात्रावास निर्माणका लागि करिव ७० लाख बराबरको आर्थिक सहायता जुटाइसकेको जानकारी गराउदै न्यौपानेले थप पुर्वाधार निर्माणका लागि पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एवम् क्याम्पसका आमन्त्रित सदस्य प्रतापलाल श्रेष्ठ र नेका तनहुँका सचिव तथा अक्षयकोषका संस्थापक विश्व वास्तोलाले अब क्याम्पसको प्रमुख चुनौती शैक्षिक गुणस्तर वृद्धि नै भएको बताए । शैक्षिक गुणस्तर वृद्धि हुन साथ क्याम्पसमा धेरै आकर्षण थपिने उनीहरुले विश्वास व्यक्त गरे ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र वस्नेतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष श्रीराम कार्कीले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन सहायक क्याम्पस प्रमुख आत्मराम वास्तोलाले गरेका थिए ।

तनहुँ लम्जुङ र गोर्खा जिल्लामा नै बिएस्सी पढ्न पाउने व्यवस्था नहुदाँ विद्यार्थीहरु सहर छोडेर बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्ने पहल आदिकविले गरेको हो । विज्ञान र प्रविधि विषयको पढाईका लागी समुदाय र सरकार सचेत बन्न नसकेको अवस्थामा लायन्सले गरेको सहयोग विद्यार्थीका लागी कोसेढुंङ्गा सावित हुने क्याम्पसले विश्वास लिएको छ ।

You might also like

Comments are closed.