आर्थिक आवाज
पोखरा, २१ फागुन । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको सेकेण्ड भाइस गभर्नरमा ध्रुव श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । आगामी वैशाख १३ र १४ गते पोखरामा हुने सातौं महाधिवेशनमा आफूले उक्त पदमा उम्मेदवारी दिने श्रेष्ठले आर्थिक आवाजलाई जानकारी दिए ।
‘म अहिले परामर्शमा छु,’ उनले भने, ‘काठमाडौं, पोखरा र मोफसलका लायन साथीहरुसँग परामर्श गरिरहेको छु । छिट्टै उम्मेदवारी सार्वजनिक सहित मनोनयन गर्नेछु ।’ डिष्ट्रिक्टको लायन वर्ष २०१८/१९ का चिफ एडभाइजर श्रेष्ठ लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष हुन् । यस अगाडि सेकेण्ड भाइस गभर्नरमा विशेश्वर आचार्यले मनोनयन दर्ता गरिसकेका छन् ।
Comments are closed.