आर्थिक आवाज
पोखरा, १६ फागुन । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको सातौं राष्ट्रिय महाविधेशनका लागि सेकेन्ड भाइस गभर्नरमा विशेश्वर आचार्यले मनोनयन दर्ता गरेका छन् । बिहीबार एक कार्यक्रमबीच उनलेे उम्मेदवारी प्रस्तुत गरेका हुन् ।
आगामी वैशाख १३ र १४ गते पोखरामा लायन्सको महाधिवेशन हुँदैछ । मनोनयन कमिटि प्रमुख दीपक श्रेष्ठ र डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठलाई आचार्यले मनोनयन पत्र हस्तान्तरण गरेका हुन् ।
वर्तमान डिष्ट्रिक्ट गभर्नर अशोक कुमार श्रेष्ठले उक्त मितिमा महाधिवेशन गर्ने गरी ‘कन्भेन्सन कल’ गरेसँगै लायन्समा चुनावी माहोल बढेको छ ।
Comments are closed.