लायन्सको होली कार्यक्रम

आर्थिक आवाज
पोखरा, ७ चैत । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको आयोजनामा होली मनाउने कार्यक्रम सम्पन्न भएको छ । पोखराको एसआर केसी क्याटरिङमा कार्यक्रम आयोजना भएको डिष्ट्रिक्टका चिफ पब्लिक रिलेसन अफिसर परमेश्वर बरालले जानकारी दिए ।

लायन्स सदस्यहरुका बीच आपसी भाइचारा अभिबृद्धि गर्ने तथा संस्कृतिको जगेर्ना गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको क्याबिनेट सेक्रेटरी राम बसेलले जानकारी दिए । कार्यक्रममा लायन्सका लिडरहरु ध्रुवबहादुर थापा, प्रेमबहादुर श्रेष्ठ लगायतले बोलेका थिए । पोखरासहित काठमाडौं, दमौलीमा पनि डिष्ट्रिक्टले होली विशेष कार्यक्रम आयोजना गरेको थियो ।

You might also like

Comments are closed.