पोखरामा हुने क्याविनेट मिटिङका एजेण्डाहरु केके हुन् ?
पोखरामा हुने क्याविनेट मिटिङ धेरै हिसाबले महत्वपूर्ण छ । यो मिटिङमा जोन चेयर पर्सनहरुले आफ्नो जोनमा गर्न चाहेको प्रोजेक्टहरु प्रस्तावका रुपमा ल्याउनु हुन्छ । त्यसरी आएको प्रस्तावलाई मिटिङले छलफल गरेर पारित गर्छ । जोन चेयर पर्सनहरुले आफ्ना क्लबहरुले गरेका गतिविधिहरुको रिपोर्ट पेस गर्नुहुन्छ । यसरी प्रस्तुत हुने रिपोर्टमा क्लबहरुले यसअघि अगाडि सारेका योजनाहरु कति भए र कति भएनन् ? भन्ने उल्लेख हुन्छ । यस विषयमा मिटिङमा छलफल हुन्छ । क्लब र जोनहरुले अहिलेसम्म गरेका कामहरुबाट प्राप्त गरेका अचिभमेन्टहरुका बारेमासमेत छलफल हुन्छ । यो क्याबिनेट मिटिङमा सबैभन्दा महत्वपूर्ण एजेण्डा भनेको डिष्ट्रिक्ट गभर्नरहरुको रेटिङ÷सेटिङको प्रस्ताब ल्याउँदैछौं ।
क्याविनेट मिटिङले क्लबहरुलाई केही दिशा निर्देश पनि गर्छ कि ?
हो, यो क्याविनेट मिटिङले क्लबहरुलाई पुनर्ताजगीसहित काम गर्न दिशा निर्देश गर्नेछ । क्लबको प्रेसिडेन्ट बनेर आएपछि उहाँहरुले केहि योजनाहरु बनाउनु भएको छ । ती योजना कार्यान्वयन गर्ने उहाँहरुले कमिटमेन्ट पनि गर्नु भएको हुन्छ । ती कमिटमेन्टहरु कति पूरा भए अनि पूरा हुन बाँकी छ भन्ने बारेमा छलफल हुन्छ । कमिटमेन्टहरु पूरा भए भने बधाई ज्ञापन गरिन्छ । अनि बाँकी काम पनि उस्तै वा त्यो भन्दापनि राम्रो गतिमा काम गर्न दिशा निर्देश गरिन्छ । कमिटमेन्टहरु पूरा भएका छैनन् भने किन पूरा भएनन् ? भनेर त्यसको खोजी गरिन्छ । समस्यालाई समाधान गरेर नयाँ गतिका साथ काम गरेर कमिटमेन्टहरु पूरा गर्नका लागिपनि मिटिङले दिशा निर्देश गर्छ ।
तपाईं डिष्ट्रिक्ट गभर्नर बनेपछिका उपलब्धीचाहिं केके हुन् ?
हामी आइसकेपछि १०२ औं इन्टरनेसनल कन्भेन्सन भयो । त्यसमा हामी सहभागी भयौं । उक्त इन्टरनेसनल कन्भेन्सनमा नेपालबाट चार वटै डिष्ट्रिक्ट गभर्नर गएका थियौं । सो कन्भेन्सनमा संसार भरका ७५३ जना डिष्ट्रिक्ट गभर्नर सहभागी हुनुहुन्थ्यो । त्यसमध्ये ८ जना डिष्ट्रिक्ट गभर्नरहरु जसले सबैभन्दा धेरै क्लब बिस्तार गरेका थिए ती डिष्ट्रिक्ट गभर्नरलाई सम्मान गरिएको थियो । नेपालबाट हाम्रो डिष्ट्रिक्ट बि वाट ७५३ वटै डिष्ट्रिक्ट मध्ये सर्वोत्कृष्ट हुन सफल भयो र मलाई सम्मान गरिएको थियो । नेपालबाट ए टु गभर्नरले २४ वटा क्लव, बि टुबाट ३९, ए वानबाट ७१ र बि १ बाट ८४ वटा क्लब दर्ता गरेर हामी त्यहाँ गएका थियौं । ११२ राष्ट्रका ७५३ वटै क्लब मध्य सर्वोत्कृष्ट हुनु चानचुने कुरो हुँदै होइन । यो सम्मान मेरो मात्रै नभई बि १ डिष्ट्रिक्टका सम्पूर्ण क्लबको सम्मान हो र म क्लबमा आबद्ध सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई यसको बधाई अर्पण गर्न चाहन्छु र आभारपनि व्यक्त गर्दछु । यसबीचमा हामीले लायन्स पार्कमा वृक्षरोपण पनि गरेका छौं । हामी सशक्तीकरणका लागि जागौं भन्ने नारासहित अरुलाई कसरी इम्पावर गर्न सकिन्छ, सीप कसरी सिकाउन सकिन्छ ? ती सीप र तालिम सिकाउनुका साथै ती सिकाएका तालिम र सीपलाई कसरी स्वदेशमै स्वरोजगार दिलाउने भन्ने उद्देश्यका साथ हामी अगाडि बढिरहेका छौं । क्लबहरुले पनि आफ्नै तरिकाले सीप सिकाउने, तालिम दिने, स्वरोजगार बनाउने लगायतका कामहरु पनि गरिरहनु भएकै छ ।
हामी आएको साढे ४ महिनाको समय अवधीमा हामीले ७० वटा क्लबहरु चार्टर्ड गर्दैछौं । यसअघिको क्याविनेट मिटिङमा १३४ वटा क्लब लञ्चिङ गर्न सफल भएका थियौं । करिब १ हजार ५ सय जनालाई सिपमुलक तालिम गराएका छौं । यसरी तालिम दिएपछि उनीहरुलाई रोजगारीसमेत दिलाउने कमिटमेन्ट क्लबहरुले गरेका छन् । कतिपयलाई त स्वरोजगार बन्ने सिर्जना पनि गरिएको छ । डिष्ट्रिक्टले बोल्कापुरी भन्ने संस्थासँग सहकार्य गरेका छौं । त्यहाँ तालिम लिन ७० हजार लाग्छ तर डिष्ट्रिक्टले आह्वान गरेर सहकार्यको आधारमा २० हजारमै तालिम लिने ब्यबस्था गरेका छौं । यसैगरी रक्तदान लगायतका कार्यक्रमहरु निरन्तर भइनै रहेका छन् । पढाऔं अभियान पनि जारी छ ।
यसको अलावा लायन्सका प्रेसिडेन्टहरुका लागि आयोजना गरिने लायन्स लिडरसीप क्याम्प पनि सम्पन्न गरिएको छ । यसअघि पुष माघमा गरिने यो क्याम्प हामीले चाँडै गरेका छौं । प्रेसिडेन्टहरुलाई शुरुमै तालिम दिइयो भनेमात्रै उनीहरु खुशीसँग बस्न सक्छन् र आफ्नो कार्यहरु राम्रोसँग गर्न सक्छन् भनेर छिट्टै तालिम आयोजना गरेका हौं । हामीले ७२÷७२ गरेर दुईवटा क्याम्पमार्फत १४४ जनालाई ट्रेन्ड गरिसकेका छौं । अन्य हेल्थ क्याम्पदेखि मानवीय सेवा र सहयोगका कामहरुपनि निरन्तर भइ नै रहेका छन् ।
लायन्सलाई कस्तो बनाउने सपना देख्नुभएको छ ?
हाम्रो डिष्ट्रिक्ट क्लब बिस्तारको हिसाबले, सदस्यताको हिसाबले र सर्भिसको हिसाबले संसारभर चिनिदै आएको छ । हाम्रो डिष्ट्रिक्टले सँधै इतिहास रच्दै आएको छ । हामीले कार्यकालको शुरुवातमै ८४ वटा क्लब गठन गरेर संसारकै सर्वोत्कृष्ट डिष्ट्रिक्ट भइसकेका छौं । क्लबहरुले चाह्यो भने, डिष्ट्रिक्टले चाह्यो भने यस्ता रेकर्डहरु सजिलै बनाउन सक्छौं भन्ने उदाहरण प्रस्तुत गरिसकेका छौं । र फेरिपनि भन्छु कि ३२५ बि १ लाई सदस्यताको हिसाबले, सर्भिसको हिसाबले एउटा नमूना डिष्ट्रिक्ट बनाउँछौं । यसका लागि मैले पटकपटक क्लबहरुलाई आह्वान पनि गरेको छु र साथीहरु पनि त्यसरी नै अगाडि बढिरहनुभएको छ । अहिलेसम्म हामी क्लब एक्स्टेन्सनमा फोकस थियौं भने अब हामी क्लब एक्सटेन्सनसँगै सर्भिसतिर फोकस हुनेछौं ।
महिला डिष्ट्रिक्ट गभर्नर हुँदा कस्ता चुनौति देख्नुहुन्छ ?
महिला डिष्ट्रिक्ट गभर्नर हुँदा चुनौतिका पहाड हुन्छन् । घर, व्यवहार सम्हाल्नै प¥यो । बालबच्चा सम्हाल्नुपर्ने जिम्मेवारी छँदैछ । त्यसमाथि पेशा, व्यवसाय गर्दै अगाडि बढ्नु त छँदैछ । यी सबै काम गरेर सामाजिक काममा अगाडि बढ्नु भनेको महिलाको लागि ठूलो चुनौति हो । महिला यी सबै सामना गर्न, चुनौति चिर्नका लागि तयार हुनुपर्छ । तर नेतृत्वमा जानु भनेकै चुनौति चिर्न सक्षम छु, तयार छु भनेर जाने हो । अरु साथीहरुलाई पनि इम्पावर गर्दै आफूपनि उदाहरणीय पेश गर्नका लागि पनि अगाडि जानुको विकल्प छैन । त्यसकारण चुनौतिका पहाड छन्, तर यो चुनौति चिर्न सकिन्छ, सफल र सक्षम हुन सकिन्छ ।
लायन्समा महिलाको सहभागिता र भूमिका प्रभावकारी बनाउन कस्तो भूमिका खेल्नुहुन्छ ?
लायन्समा आबद्धताको हिसावले पुरुषको तुलनामा महिला सदस्यहरू अलि कम छ । हाम्रो डिष्ट्रिक्ट करिब २३ प्रतिशत मात्र महिला सदस्यहरू आबद्धता हुनुहुन्छ । यद्वपि यो लायन्समा मात्रै नभई हाम्रो नेपाली समाजमा जताततै महिलाको सहभागिता र भूमिका कमजोर नै छ । तर त्यसो भनेर मैले धर पाउन्न । म आफू महिला गभर्नर भइरहँदा अन्य महिलाको सहभागिता र भूमिकाका लागि आवाज उठाउँदै वातावरण तयार गर्नेछु । त्यसका लागि अन्य पुरुषसहित महिला साथीहरुको पनि उत्तिकै साथ र सहयोगको अपेक्षा गर्दछु । डिष्ट्रिक्ट क्याविनेटमा पनि महिला प्रतिनिधित्व बढाउन पहल गर्नेछु । महिलाहरूको नेतृत्वको लागि पनि विभिन्न प्रशिक्षणात्मक कार्यक्रम आयोजना गर्नेछु ।
यस वर्ष म नेतृत्वमा भइरहँदा महिलाहरूले पनि अवसर एवं नेतृत्व पाएमा केही फरक र उदाहरणीय कार्य गर्न सक्दछन् भन्ने आभास हुने गरी महिला नेतृत्वको सफल उदाहरण प्रदान गर्ने योजनामा छु र सोही अनुुसार काम भइरहेको छ । लायन वर्ष २०१९÷२० मा महिलाहरूको लागि लक्षित विशेष कार्यक्रमहरू ल्याइएको छ । उदाहरणको लागि नारी सम्मान कार्यक्रम, महिला स्वास्थ्यसँग सम्बन्धित लक्षित कार्यक्रमहरू (स्तन क्यान्सर सचेतना, पाठेघर समस्या सचेतना), महिला क्षमता अभिवृद्धि कार्यक्रमहरू, महिला चाडपर्व फेलोसिप कार्यक्रमहरू, स्वयम् प्रतिरक्षा कार्यक्रमहरू लगायतका थुप्रै महिला लक्षित कार्यक्रमहरू अगाडि सारेकी छु । तर म महिला भएँ भन्दैमा महिलाको लागि मात्रै काम गर्ने पक्षमा पनि छैन । लायन्सको उद्देश्य अनुसार महिला पुरुष दुबैका लागि र समग्रमा सेवालाई प्राथमिकता दिएर अघि बढ्नेछु ।
कुनै समुदाय वा व्यक्ति त्यो बेला कमजोर सावित हुन्छ जतिवेला ऊसँग आफूमा भएको क्षमता वा प्रतिभा प्रदर्शन गर्न सक्दैन अथवा प्रदर्शन गर्ने अवसर प्राप्त गर्दैन । त्यसैले ती व्यक्तिको व्यक्तिगत क्षमतालाई विभिन्न किसिमका सीपमुलक तालिमहरू मार्फत उसलाई सशक्त बनाएर अगाडि बढाउनु नै सशक्तीकरण हो । विभिन्न सीपमुलक तालिम वा विविध क्रियाकलाहरूले व्यक्ति वा समुदायलाई सशक्त बनाउन सकिन्छ । सशक्तीकरण तालिमको मूलअर्थ त्यो हो कि कुनै समुदाय वा व्यक्ति एक पंतिमा उभिएर जीवन जिउने अभ्यास गर्न सकोस् । कुनै व्यक्ति, समुदाय या संगठनको आर्थिक, सामाजिक, शैक्षिक, लैंगिक वा आत्मनिर्भरताको शक्तिमा सुधार गर्नु नै ‘सशक्तीकरण’ हो । जस्तै उदाहरणको लागि, माछा खान दिनु भन्दा माछा मार्न सिकाउनु पर्छ, माछा मार्न सिकाउनु भन्दा माछा पाल्न सिकाउनु पर्छ, तर ‘राइज टु इम्पावर’ले माछा मार्न मात्र होइन, माछा पाल्न मात्र पनि होइन, त्यसको बजारीकरण तथा आयआर्जन गरी जीवनयापन गर्न समेत सिकाउँछ ।
भोकालाई खान दिनु, नाङ्गालाई लगाउन दिनु, अपाङ्गलाई साहारा दिनु भन्दा फरक आफूभन्दा कम क्षमता भएकाहरूलाई वा क्षमता पहिचान हुन नसकेकाहरूको क्षमता उजागर गराउन विभिन्न किसिमका तालिम मार्फत सशक्त बनाउनु फरक र उदाहरणीय कार्य हो । त्यसैले हामीले यस वर्ष च्ष्कभ तय भ्mउयधभच को माध्यमबाट सशक्तीकरणलाई अगाडि बढाइरहेका छौं । यो अभियान जारी रहेको छ । यो क्याविनेट मिटिङमा यसको पनि समीक्षा गरेर
नमूना डिष्ट्रिक्ट बनाउने सपना पूरा गर्नका लागि सम्पूर्ण लायनहरुलाई के आह्वान गर्नुहुन्छ ?
अहिले हामी जुन उत्साह र जोश, जाँगर बोकेर हामी अगाडि बढिरहेका छौं यसलाई निरन्तरता दिऔं । अझ हामी प्रतिबद्ध भएर लागौं । किनकि यो त शुरुवात मात्रै हो । हामीले १ महिनामै यति ठूलो सफलता प्राप्त गरिसकेका छौं । साथीहरुलाई यहि उत्साह, यहि जोश, जाँगर र सकारात्मक सोंचेर ३६५ वटै दिनलाई हरेक दिन नयाँ दिनको शुरुवाताको दिनको रुपमा लिएर अगाडि बढ्नुहुने अपेक्षा गर्दै त्यसरी अगाडि बढ्नका लागि आह्वानपनि गर्छु ।
Comments are closed.