‘लायन्समा अनुभवले खारिएको छु’

लायन ध्रुव श्रेष्ठ
सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार, लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपाल

लायन्स डिस्ट्रिक्ट ३२५ बी १ को  सातौं महाधिवेशन यही वैशाख १३ र  १४ गते  पो खराको  प्रदर्शनी केन्द्रमा हुँदैछ । उक्त महाधिवेशनमा अन्य कार्यक्रमका साथ साथै द्वित्तीय भाइस डिस्ट्रिक्ट गभर्नरको समेत चुनाव हुँदैछ । द्वित्तीय भाइस डिस्ट्रिक्ट गभर्नर मध्ये अनुभवी र  परिपक्व लायनका रुपमा आफ्नो छवी बनाउनुभएका वर्ष २०१८/१९ का डिस्ट्रि«क्ट चिफ एडभाइजर लायन धु्रव श्रेष्ठको पनि उम्मेदवारी छ । प्रस्तुत छ श्रेष्ठसँगको  कुराकानी ।

लायनवादमा किन लाग्नुभयो ? लागे र  के  पाउनुभयो  ?
२१ वर्षकै युवा उमेरमा म लायनवादमा लागेको थिएँ । तत्कालीन लियो क्लब अफ पोखरा अन्नपूर्णबाट मेरो समाजसेवाको यात्रा सुरु भएको  थियो  । सुरुमा नेटवर्क र फेलोसिप भनेर लागे पनि उमेर बढ्दै जाँदा लायनको वृहत्तर महत्व र योगदानको बारेमा थाहा पाउँदै गएपछि अझ यसप्रतिको सम्मान र गरिमा बढेको हो । आफूभन्दा कम अवसर प्राप्त व्यक्तिहरुको मुहारमा उहाँहरुको शैक्षिक,  समाजिक र स्वास्थ्यको  सुधारका लागि गरेको प्रयासले उहाँको  अनुहारमा आएको  मुस्कान नै  सबै भन्दा ठूलो  प्राप्ति हो  । त्यसबाहेक हजारौं मित्रहरु, लायनवादको  सिंगो परिवार आफ्नो वृत्तिविकास गर्दै समाजसेवाको पनि अवसर पाएँ भन्ने लाग्छ ।

आसन्न ७औं महाधिवेशनमा यहाँ पनि सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नर  पदको उम्मेदवार हुनुहुन्छ । यहाँको  उम्मेदवारी किन ?
लामो समयसम्म लायन्समा रहेर मैले कमाएको र प्राप्त गरेको अनुभव अब म लायन डिस्ट्रिक्ट ३२५ बी १ लाई  थप बलियो  बनाउन र  थप प्रभावकारी पद्धतिबाट यसलाई  सञ्चालन गर्ने उद्देश्यले नेतृत्वका लागि इच्छुक भएको  हुँ । जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने लायन्सको नारा अनुरुप संख्यात्मक भन्दा पनि गुणात्मक र लोकप्रिय भन्दा पनि प्रभावकारी कार्यक्रम सञ्चालन गरी विश्वमा फैलिरहेको लायनवादमार्फत् धेरैको जीवनस्तरमा परिवर्तन आउन सकोस भन्ने मूल ध्येय नै मेरो उम्मेदवारीमा छ ।

यहाँका योजना अलि विस्तारमा भन्दिनुस् न ।
द्वित्तीय भाइस डिस्ट्रिक्ट गभर्नर भनेको गभर्नरको  सहयोगी मात्रै  हो  । त्यसैले  द्वित्तीय भाइस डिस्ट्रिक्ट गर्भनर हुँदा म गभर्नर साबको  सबै  काममा उत्तिकै  सहयोगीको भूमिका खेल्ने छु । नयाँ क्लबहरुलाई  दिशा निर्देश गरेर  थप बलियो बनाउने छु । त्यसपश्चात मेरो गभर्नरको यात्रामा म सबै भन्दा पहिलो  प्राथमिकता डिस्ट्रि«क्ट बाइफर्गेसनलाई  दिनेछु । ३२५ बी १ अब ठूलो  परिवार  भइसक्यो । नेपालीमा उखान छ,  केरा र  छोरा जत्ति छुुट्यायो उति फैलन्छन् । त्यसैले  यसको बाइफर्गेसन आवश्यक छ । देशको  राष्ट्रपति महिला,  सभामुख महिला र  आउँदो गभर्नर साब पनि महिला भएको समयमा लायन्समा भने ३३ प्रतिशत पनि महिला सदस्य हुनुहुन्न । त्यसैले उमन मेम्बरसिप इयरका रुपमा घोषणा गरेर महिलाहरुलाई  लायनमा र  समग्रमा नेतृत्व तहमा सबल बनाउने  लक्ष्य लिएको छु । मेरो होम क्लब लायन्स क्लब अफ पोखरा अन्नपूर्णमा रहेर  लायन्समा विदेशी ग्रान्ट र सहयोगमा दर्जनौं परियोजना ल्याएको  अनुभव छ । त्यसैले  त्यही अनुभव र मित्रहरुसँगको  सहकार्यमा इन्टरनेसनल ग्रान्टका लागि पहल गरी १ क्लब १ प्रोजेक्टलाई जोड दिनेछु । साथै  लामो अवधिका परियोजना र टुक्रे भन्दा पनि समग्र रुपमा शिक्षा, स्वास्थ्य र खानेपानीका ठूला परियोजना क्लबहरुमार्फत गर्ने लक्ष्य लिएको छु । डिस्ट्रिक्टमा यदाकदा देखिने तिक्तता र असमझदारीलाई निर्मुल पार्दै स्वस्थ्य र  बलियो लायन डिस्ट्रि«क्टका रुपमा विकास गर्ने लक्ष्य समेत लिएको छु । त्यो बाहेक युवा मित्रहरुलाई लक्ष्य गरी इन्टरनेसनल एक्सचेन्ज कार्यक्रम, क्षमता अभिवृद्धि कार्यक्रम र अन्य थुप्रै योजना लिएको छु ।

सामजिक संस्थाहरुमा नेतृत्वका लागि पनि किन यस्तो होड भएको होला ? मिलेर जानुपर्ने  होइन र ?
यहाँलाई  स्पष्ट बनाउँ । विगत ७ वर्षदेखि गभर्नर बन्नुभएका पूर्व गर्भनर साबहरुलाई  राम्ररी थाहा छ,  ध्रुव श्रेष्ठ नेतृत्वका लागि आउनुहुन्छ भने  हामी छोडे र उहाँलाई अगाडि बढाउँछौं भन्ने उद्घोष गर्दा पनि मैले उहाँहरुलाई  नेतृत्वका लागि अनुरोध गरेको हुँ । अहिले सही समय, सही बेला र डिस्ट्रिक्टको आवश्यकता समेतलाई मध्यनजर गर्दै मैले द्वित्तीय भाइस गभर्नरका लागि उम्मेदवारी दिएको हुँ । म चुनौतीसँग सामाना गर्न रहर गर्ने व्यक्ति हुँ । डिस्ट्रिक्ट बाइफर्गेसन गर्नुपर्ने  टड्कारो आवश्यकता छ र त्यो अत्यन्तै चुनौतीपूर्ण काम हो । यो र यस्तैचुनौतीपूर्ण कामका लागि लायन मित्रहरुले योग्य र अनुभवीलाई अगाडि बढाउनुपर्छ भने कैले म अगाडि बढेको हुँ । व्यक्तिगत रुपमा केही फाइदा छैन । ४२ वर्ष मैले जे लिएँ लायनबाट अब मैले दिने बेला आएको छ । मेरो अनुभव मसँगै  सकिनु हुँदैन । नयाँ क्लब र  नयाँ लायन मित्रहरुका लागि प्रयोग हुनुपर्छ । लायन्स क्लबमा लागेको ८ वर्षमा गर्भनर बनेको इतिहास छ । म ४२ वर्षमा आउँदा कसरी होड हुन्छ ? म पूरै विधिसम्म,  प्रक्रिया र पूर्ण धैर्य कायम गरेर आएको हुँ । डिस्ट्रिक्टको सद्भाव र पोखरेली एकता नखल्बलियोस भनेर मैले सहमतिका लागि हदैसम्मको  लचकता अपनाएको  हुँ । यहाँसम्म कि जिम्मेवार पूर्व गर्भनर  साबहरुसमक्ष पनि मैले डिस्ट्रिक्टको हार्मोनीका लागि यहाँहरुको निर्णय अन्तिम हुनेछ भनेको थिएँ । तर  पूर्व गर्भनर साबहरुले कुनै निर्णय दिन नसकेपछि मेरो पूर्व योजना र तयारका साथ मैले  उम्मेदवारी दिएको  हुँ ।

सदभाव र हार्मोनीको कुरा गर्नुहुन्छ । हार्मोनी कायम गर्न  तपाईंले यो पालि योगदान दिए हुन्न ?
मैले  अघि नै  भनिसकें । सहमतिको प्रयासमा अन्तिमसम्म हदैसम्म प्रयासर त थिएँ । ४२ वर्षको  लायनको  यात्रामा नेतृत्वको अवसर  प्राप्त नभएको होइन । आफू काम गरेको क्लब दह्रो बनाऊँ भनेर लायन्स क्लब अफ पोखरा अन्नपूर्णलाई  डिस्ट्रि«क्टकै  बलियो क्लबका रुपमा स्थापित ग¥यौं । होम क्लबको कार्य  अनुभव,  राष्ट्रिय र  अन्तर्राष्ट्रिय कार्यक्रमको  अनुभव र  कार्य क्षमता अनि ४२ आंै वर्षको  सेवाभावलाई आत्मसात गर्दै यदि म भन्दा उपयुक्त पात्र कोही आउँछ भने अहिले  पनि छोडदिन्छु । तपाईंलाई  स्पष्ट पारौं, म कसैसँगको प्रतिस्पर्धामै  छैन । त्यसमाथि म यस वर्षको  डिस्ट्रिक्ट चिफ एडभाइजर  हुँ र प्रक्रिया र  नजीर हेर्ने हो  भने म द्वितीय भाइस डिस्ट्रि«क्ट गर्भनरको निर्विरोध उम्मेदवार हुँ ।

तपाईंको  जित्ने  आधार के हो ?
मेरो उम्मेदवारी लहडका भरमा आएको होइन । उम्मेदवारी दिनुभन्दा पहिला सबै तह र तप्काका लायन मित्रहरुसँग परामर्शमार्फ्त आएको हुँ । सबैको उत्साहजनक अनुमति नपाएको भए आउँदिनथे । भविष्य त्यसैको  सुनिश्चित हुन्छ जसको बिगत भरोसालाग्दो हुन्छ । मेरो अनुभव,  कार्यक्षमता, क्लब र डिस्ट्रि«क्ट तहमा साथै अन्तर्राष्ट्रियस्तरका काममा पनि मैले नेतृत्व गरिरहँदा गरेका कामको फेहरिस्त पढेर र बुझेर नै लायन मित्रहरुले मलाई विश्वास गर्नुहुन्छ भन्ने कुरामा ढुक्क छु । त्यसमाथि मैले  आफ्नो योजना सार्वजनिक गरिसकेको छु । ती योजना हावामा बनाइएका महल होइनन्बरु व्यावहारिक र समयसापेक्ष लायनवादलाई  थप उचाइमा डो¥याउने कडी भएकाले पनि मित्रहरुले मलाई  जिताउनुहुनेछ भन्ने विश्वास छ । विद्वान लायन मित्रहरुको निर्णय क्षमतामा म यति आश्वस्त छु कि तामझाम रवाफ र झुटको कालो बादल फाटेर मित्रहरु मेरा लागि उभिनुहुने कुरामा मलाई  शंकै छैन ।

तपाईं बीचमा हराउनुभयो भन्ने  आरोप छ नि ?
लायन्स अन्तर्राष्ट्रिय संस्था भएकाले यसको  विधि प्रक्रिया र  अन्य क्लबहरुसँग नेटवर्क  कायम राख्न पनि विदेश भ्रमण गरिरहनुपर्ने हुन्छ । अब नियमित रुपमा गरिने विदेश भ्रमण,  पारिवारिक भ्रमण र अन्य कामकाजका दौरान केही वर्ष  गरेर म १÷२ महिना विदेश रहनुलाई हराएको भनेर भन्न मिल्ला र ? प्रत्येक वर्षका डिस्ट्रिक्टका कार्यक्रम विभिन्न क्लबका कार्यक्रम र अन्य कार्यक्रममा मेरो उपस्थिति उत्तिकै छ । लायनवाद नशानशामा बोकेर हिँडेको  मान्छे कसरी यसबाट टाढा जान र हराउन सक्छ ? त्यसैले हराएको भन्ने कुरा आरोप मात्रै हो  ।

राजनीतिमा पनि प्रौढले अड्डा जमाएर  सामाजिक संस्थाहरुमा पनि युवालाई  अवसर दिइँदैन भन्ने गुनासो  छ नि ?
युवा उमेर हो कि एटिट्युड हो ? महाथिर  मोहम्मदले ९३ वर्षको उमेरमा सुस्त मलेसियालाई  चुस्त मलेसिया बनाएका छन् । तपाईं ६३ वर्षको  क्रियाशील लायनलाई  युवा कि बृद्ध कसरी भन्नुहुन्छ । हेर्नुस त ९६ वर्षको उमेरमा शताब्दी पुरुष सत्यमोहन जोशीको जोश र काम । उहाँ पो युवा त । उमेरले होइन कर्म र सक्रियताले युवा हुने जमाना हो यो । युवा हुँ भन्नु र साँच्चै  युवा हुनु फरक फरक कुरा हो । युवा उमेरमा हेर्न छोडौं कर्ममा दाजौं । त्यसैले धु्रव श्रेष्ठ उत्तिकै युवा हो जति १ जना १६ वर्षे लियो मित्र हुनुहुन्छ । त्यसैले धु्रव श्रेष्ठको  उम्मेदवारी युवा उम्मेदवारी नै हो भन्ने कुरामा यहाँलाई आश्वस्त तुल्याउन चाहान्छु ।

सामाजिक संघसंस्थाहरु हिजोआज उपलब्धि कम तामझाम बढ्ता गर्छन् भनिन्छ नि । साँच्चै  त्यस्तो  हो  ?
तपाईंको यो गम्भीर आरोपको एकदमै छोटो उत्तर छ मसँग । मेरो होम क्लब लायन्स क्लब अफ पोखरा अन्नपूर्णले ३२ वर्षमा कास्की,  लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ,  म्याग्दी, मुस्ताङ, गोरखा, धादिङ, रसुवा,  चितवनमा फैलिएर १७ विद्यालय,  १९ खानेपानी परियोजना फर्निचर हस्तान्तरण, पुस्तकालय स्थापना,  सराङ्कोट हस्तकला तालिम,  सराङ्कोट फोरडेज रेस्टुरेन्ट, लायन्स सर्भिस सेन्टर, नियमित स्वास्थ्य शिविर गरेर १० करोड रुपैयाँभन्दा बढीको  सेवा गरिसकेको छ । डिस्ट्रिक्ट ३२५ बी १ को  एउटा क्लबले  यति काम गरेको छ भने अब सोच्नुस ३ सय ८६ वटा क्लब भएको पूरै डिस्ट्रिक्ट ३२५ बी १ ले कति काम गर्यो होला र अझ नेपालमा भएका लायनका ४ वटा डिस्ट्रि«क्टले कति काम सम्पन्न गरे होलान ? त्यसैले यी र यस्ता आरोपहरु निराधार हल्ला मात्रै  हुन् ।

सामाजिक सञ्जालमा कम उपस्थिति छ तपाईंको, किन ?
म्याग्दीको नारच्याङमा हेल्थपोष्ट बनाउनका लागि होस वा ठाउँठाउँमा विद्यालय भवन बनाउन रातदिन नभनी काम गर्दा मैले यो सोचिन कि फेसबुकमा पोस्ट गर्नलाई फोटो खिच्नुपर्छ । ट्वीटर वा इन्स्टाग्राममा काम गरेको फोटो हाल्नुपर्छ । त्यहाँबाट लाइभ पनि गरिन । इसामे  फोरम जस्तो मल्टि डिस्ट्रि«क्ट इभेन्टमा मुख्य व्यवस्थापक भएर  काम गर्दै गर्दा मैले कहिल्यै फोटोलाई प्राथमिकतामा राखिनँ । तपाईं सामजिक सेवामा जाँदा क्यामेरा घर  छोडेर जानुस भन्ने  एउटा भनाइले म अत्यन्तै  प्रभावित छु । त्यसैले सामजिक सञ्जालमा मेरो उपस्थिति कम होइन आवश्यक मात्रामा मात्रै  छ ।

विजयी हुनेमा कत्तिको  आश्वस्त हुनुहुन्छ ?
क्रिम अफ द सोसाइटी अथवा विवेकशील अगुवाहरुको संस्था भएकाले कर्म र सेवाभावमा विश्वास गर्ने मित्रहरुले न्यायको पक्षमा,  पद्धतिको पक्षमा,  कामको पक्षमा र अनुभवको  पक्षमा उभिदै  मलाई  जिताउनुहुन्छ भन्ने  कुरामा पूर्ण  विश्वस्त छु ।

You might also like

Comments are closed.