लायन्सले रक्तदान कार्यक्रम गर्ने

पोखरा, २८ माघ । रक्तदान जीवनदान, जीवनदान महादान उद्देश्यका साथ लायन्स क्लब अफ पोखरा मिड टाउन तथा नेतृत्व विकास लिड नेपालको पहलमा रक्तदान कार्यक्रम गरिने भएको छ ।  आगामी फागुन २ गतेका दिन बिहान सात बजेबाट अमरसिहचोकस्थित रक्तदान कार्यक्रम आयोजना गरिने भएको हो ।

निश्चित अवधिपछि मानव शरीरमा रहेको रक्तकोषहरु आफै मरेर जाने त्यस्तो रगत दान गर्दा कसैको जीवन बचाउने सकिने भएकोले रक्तदानको जनचेतना अभिबृद्धि गर्न तथा कोलोराडोमा रहेको रक्त अभावलाई केही हद सम्म समाधान गर्न कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक सुनादेवी श्रेष्ठले बताइन् । कार्यक्रमा सहभागी भई रक्तदान गरी कार्यक्रमलाई भव्यताका साथ सफल पार्न आयोजकले सबैलाई अनुरोध गरेको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.