लायन्स क्लब अफ पोखरा दर्शनको अध्यक्षमा दीपा सुवेदी

पोखरा, २ वैशाख । लायन्स क्लब अफ पोखरा दर्शनको अध्यक्षमा दीपा सुवेदी निर्वाचित भएकी छन् । हालै सम्पन्न क्लबको निर्वाचनले लायन वर्ष २०१९/२० का लागि उनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । क्लबले सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरेको बताउँदै सुवेदीले आफ्नो कार्यकालमा अझ रचनात्मक कामहरु गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

क्लबको प्रथम उपाध्यक्षमा अञ्जु पराजुली, द्वितीय उपाध्यक्षमा रेखा जिसी, तृतीय उपाध्यक्षमा सृजना लम्साल, सचिवमा सरिता सुवेदी र कोषाध्यक्षमा नारायणी पराजुली निर्वाचित भएको क्लबका लायन वर्ष २०१८÷१९ का अध्यक्ष सञ्जु भुषाल भण्डारीले जानकारी दिइन् ।

You might also like

Comments are closed.